राम्रो कलाकार बन्ने अठोटका साथ आफु कलाकारितामा लागे : तामाङ

- May 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । २०५८ सालमा सिन्धुलीको बाउनतिल्पुङ,खुरभन्ज्याङमा जन्मिएकी मिना तामाङले आफ्नो कलाकार बन्ने सपना पूरा गर्नकै लागि टिकटकबाट अभिनय कला सुरुवात गरेको बताएकी छिन् । उनको चिनजान लाला हाङ लिम्बू संग भएसंगै उनै लामाको मद्दतबाट पहिलोपटक टेलिचलचित्र ‘एता न उति’ मा अभिनय यात्रा सुरु गरेर कलाकारितामा अगाडी बढ्दै गएको बताएकी छिन् । मिनाले हालसम्म १ दर्जन टेलिफिल्म र १ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेको बताइकी छिन् । भबिस्यमा राम्रो कलाकार बन्ने अठोटका साथ आफु लागि परेको मिनाले बताइन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!