काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएपनि सो घटेको भाडादर बस व्यवसायीहरुले भने कार्यान्वयन गरेका छैनन ।
विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएपनि विभिन्न कारण देखाउदै पुरानै भाडादर यात्रुसंग असुली गर्दै आएका छन । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३ दशमलव २० प्रतिशतले घटाइएको जनाएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४ दशमलव १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४ दशमलव ६५ प्रतिशतले घटाएको बताइएको छ ।
प्रतिक्रिया