मुरारका समूहले पौने ४ अर्ब राजस्व नतिर्न कै लागि पुग्यो अदालतको शरणमा !!!

- May 17, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यसंयन्त्रकै मिलेमतोमा भएको १ अर्बभन्दा बढी ठगीमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैक्रममा बिराटनगरमा मुरारका समूहका अशोक मुरारकाले पौने ४ अर्ब कर नतिरेको घटना संचारमाध्यममा आएको छ । आन्तरिक राजस्व विभागले मुराराका समूहका अशोक मुरारका र उनका साझेदार कृष्णप्रसाद प्रसाईंले पौने चार अर्ब रुपैयाँ राजस्व नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुरारका कर नतिर्नका लागि कानुनी छिद्र खोज्दै सर्वोच्च अदालतमा पुगेको छ ।
मुरारका र प्रसाईंको साझेदारीमा संचालित २ उद्योगबाट आन्तरिक राजस्व कार्यालय बिराटनगरले ३ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुल गर्ने प्रक्रिया अघि बढाएपछि उनी आफैंले होइन, लिक्वीडेटर दिलीप नैराम सिंहलाई रिट दर्ता गर्न लगाएका छन् । सोमबार दर्ता भएको दर्ता भएको ०७९–WO–१२६२ नम्बरको रिटको सुुुनुवाई मंगलबार थियो ।
न्यायाधीश कुमार रेग्मीको इलजासमा मंगलबार उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो । पुनः आज पनि पेशी राखिएको छ । सर्वोच्च अदालतले पौने ४ अर्ब राजस्व नतिर्ने मुरारकाको रिटमा के गर्ला ? देशको अर्थतन्त्र संकटग्रस्त भएको बेला यस्ता करमाराहरुलाई कर नतिर्न आदेश त नदिने अपेक्षा गरिएको छ । मुरारका र प्रसाईंको संयुक्त सञ्चालनमा रहेको अवनिश एग्रीगेट इन्डस्ट्रिजले २ अर्ब ४४ करोड रुपैयाँ बुझाउनुपर्ने देखिएको छ ।
आन्तरिक राजस्व कार्यालय बिराटनगरका अनुसार यी उद्योगले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट दर्ता गरे पनि अहिलेसम्म कर तिरेका छैनन् । मुरारकाको सञ्चालनमा सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा एक चिया उद्योगसमेत छ । मुरारकाको अवनिशले २०६०–६१ देखि २०७१–७२ गरी १० आर्थिक वर्षको कर विवरण नबुझाएको आन्तरिक राजस्व कार्यालय बिराटनगरले जनाएको छ ।
त्यसैगरी मुरारका र प्रसाईंकै संयुक्त सञ्चालनमा रहेको ओम साइबाबा क्रसर उद्योगले १ अर्ब ३३ करोड रुपैयाँ कर बुझाउनुपर्नेछ । यो उद्योगमा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार छन् । ०६० वैशाख ४ गते दर्ता भएको सो उद्योगले हालसम्म कर विवरण बुझाएको छैन ।
ओम साइबाबा क्रसर उद्योगले २०६०–६१ देखि २०७१–७२ गरी १० आर्थिक वर्षको कर तिर्न बाँकी छ । आन्तरिक राजस्वले दुवै उद्योगले तिर्नुपर्ने भ्याट र आयकरको निर्धारण गरेर त्यसमा लाग्ने जरिबाना र ब्याजको रकमसमेत जोड्दा रु. ३ अर्ब ७७ करोड हुने ठहर गरेको छ । लामो समयदेखि राजस्व नबुझाएका कारण आन्तरिक राजस्व विभागले पनि कारबाही प्रक्रिया अघि बढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ ।
मुरारकाको सञ्चालनमा आएको सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा रहेको चिया उद्योगसमेत छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार मुरारका र प्रसाईंको संयुक्त सञ्चालनमा रहेको अवनिश एग्रोभेट इण्डष्ट्रिजले रु दुई अर्ब ४४ करोड राजस्व बुझाउनुपर्ने देखाएको छ । यो उद्योग अन्तरिक राजस्व कार्यालय विराटनगरमा विसं २०६० फागुन २६ गते भ्याट दर्ता लिएको थियो तर हालसम्म यसले कर विवरण बुझाएको देखिएको छैन ।

त्यस्तै मुरारका र प्रसाईंकै संयुक्तरूपमा सञ्चालनमा रहेको मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले रु एक अर्ब ३३ करोड कर बुझाएको छैन । क्रसरले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महसुल करिब रु ४९ लाख पनि बक्यौतामै राखेको छ । विद्युत्ले बारम्बार ताकेता गर्दा पनि उद्योगीले नटेरेको प्राधिकारणको कर्मचारीको भनाइ छ ।

यो उद्योगमा अशोक मुरारका, अभिषेकुमार मुरारका  कृष्णप्रसाद प्रसाईं साझेदार छन् । यो उद्योग आन्तरिक राजस्व कार्यालय विराटनगरमा विसं २०६० वैशाख ४ गते दर्ता भएको थियो । आन्तरिक राजस्व कार्यालयले दुबै उद्यागले तिर्नुपर्ने मूल्यअभिवृद्धि कर र आयकर निर्धारण गरेर त्यसमा लाग्ने जरिवाना र ब्याजको रकमसमेत जोड्दा रु तीन अर्ब ७७ करोड हुने ठहर गरेको छ ।

राजस्व न्यायाधीकरणमा मुद्दा चलिरहेको यस विषयमा जिल्ला अदालत मोरङका न्यायाधीश सत्यमोहन जोशीको इजलासले आन्तरिक राजस्व कार्यालयलाई कर निर्धारण गर्नु भन्ने आदेश पनि भएको थियो ।

यसरी पत्र पाएपछि आन्तरिक राजस्वले दुवै उद्योगले तिर्नुपर्ने रु तीन अर्ब ७७ करोडको कर निर्धारण गरेको बताइएको छ । यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिवी क्षेत्रीले राजस्वका विषयमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेकाले तत्काल केही भन्न नसकिने बताए । (नेपाल फेसबाट)

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!