अर्थतन्त्रको विकासकालागि साना उद्योगका उत्पादनको बजारीकरण आवश्यक : पर्यटनमन्त्री किराँती

- May 17, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउनु पर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन उद्योग र मुलुकका लघु घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन ।

पर्यटन उद्योग विस्तारै लयमा फर्किएको भन्दै उनले पर्यटन उद्योग प्रवद्र्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता उहाँले औंल्याए । महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिरमा गर्ने “सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०” लाई मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नेपाल प्रबद्र्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीको बारेमा छलफल पनि गरेको थियो । महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी श्रृङ्खला “नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव – २०८०” यस वर्ष “सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०” को नामबाट नेपाल सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ मिलेर आगामी मङ्सिर महिनामा आयोजना गर्न लागेको महासंघका अध्यक्ष उमेप्रसाद सिंहले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेल, महासंघका उपाध्यक्ष हरिहर थापालगायतको सहभागिता रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

तीव्र अपडेट