कोरोनाको समयमा बदमासी गर्ने पिपल्स डेन्टल कलेजसंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ

- May 13, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विभिन्न १४ निजी अस्पतालले कोरोनाको समयमा बिरामीको उपचार गर्दा लागेको रकममा अस्पतालहरुले चलाखी गरि अत्याधिक मंहगो शुल्क असुली गरेको विषयमा कारबाहीमा परेको केही स्वास्थ्य संस्थासंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ रहेको आरोप लगाइएको छ । । कोभिड–१९ संक्रमण उपचारबापत अस्पतालहरुलाइ अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश २०७७ बमोजिम निजी क्षेत्रले सरकारले तोके बमोजिम निःशुल्क उपचार गराउने र त्यसको श्रोत भर्ना नेपाल सरकारले गर्ने बिषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबिच सम्झौता भएको थियो ।

तर, १४ अस्पतालले सम्झौता विपरित शुल्क लिएर उपचार गरेको र त्यसको बिल समेत निःशुल्कको नाममा मन्त्रालय समक्ष पेश गरेपछि सरकारले छानविन गरेको थियो । २०७८ बैशाखदेखि २०७८ असार १५ गतेसम्म उपचार भएका बिरामीको विवरण छानविन गरि पठाउन जिल्ला प्रशासन कार्यालय परिपत्र गरेपछि अबैध रुपमा ठगीधन्दा नै चलाउनेमा पहिलो नम्वरमा पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि, काठमाडौंको रहेको समेत भेटिएको थियो ।

यसरी सरकारले तोकेकोभन्दा बढी शुल्क असुली गरि विरामीमाथी ठगी गर्ने पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत नियुक्त भए लगत्तै निःशुल्क उपचारको नाममा क्याम्प चलाएर आफ्नो अबैध धन्दालाई निरन्तरता दिने बाटो बनाएको छ । सो कार्यमा मन्त्री बस्नेलते पनि सहजै विवादित अस्पलताले बोलाएपछि विना सोधखोज कार्यक्रममा गएपछि अहिले चौतर्फी चर्चा भएको छ ।

तत्कालिन समयमा छानविनमा परेका पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि, काठमाडौं, केएमसी हस्पिटल, काठमाडौं, नेपाल मेडिकल कलेज, काठमाडौं रहेको छ । त्यसैगरी, इसान मेमोरियल अस्पताल, कञ्चनपुर, नेसनल मेडिकल कलेज, वीरगञ्ज, कलेज अफ मेडिकल साइन्सेज, भरतपुर, चितवन मेडिकल कलेज, भरतपुर, आम्दा अस्पताल, झापा, सामुदायिक आइसोलेसन वार्ड निर्माण उपभोक्ता समिति, स्वायम्भु, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, कास्की, चुरेहिल अस्पताल, मकवानपुर, खाङ्ग्री अस्पताल, काठमाडौं, लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेड, काठमाडौं नामका अस्पताल रहेका छन् ।

र यो पनि…

स्वास्थ्यमन्त्री बस्नेतलाई कर्मचारीले नटेरेपछि…

मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड

स्वास्थ्य मन्त्रालयमा सर्जिकल व्यापारीको चलखेल : मन्त्री रिझाउन प्रतिस्पर्धा, मुद्दाको फाईल नखोल्न आग्रह

मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड

काठमाडौं मेडिकल कलेज प्रालि र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिको संयुक्त सहयोगमा एकता व्यापार संघद्रारा आयोजित निःशुल्क स्वास्थ्य शिविरको नाममा मन्त्री बस्नेतलाई प्रमुख अथिती बनाई आफ्नो अबैधधन्दाको कारबाहीबाट छुटकारा पाउनकै लागि एकाएक सो कार्यक्रमको आयोजना गरेको सम्बन्धित क्षेत्रका व्यक्तीहरुले बताएका छन् ।

सो स्वास्थ्य शिविरको नाममा मन्त्री बस्नेतलाई खुशी बनाउने र सोही अबसरमा अस्पतालको नाममा अबैधधन्दा चलाउनकैलागि सो कार्यक्रम गरेको आरोप अस्पतलाका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन । सो शिविरमा के कस्ता रोगहरुको उपचार गरियो कति जना विरामी सहभागी भए भन्ने बारेमा भने आयोजकले जानकारी दिन आँनाकानी गर्दै आएको छ ।

सो कार्यक्रमको आयोजक व्यापारीहरुको संस्थाले गरेको थियो । यसरी मन्त्री विवादिन संस्थाले आयोजना गरेको कार्यक्रममा जानु नै अबैधन्दालाई बैद्यानीकता दिन जानु सरह भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । नाम चाही नलेख्नु होला, अहिले नयाँ स्वास्थ्यमन्त्री कर्मचारीसंग रिसाएका छन्, उनलाई सम्मान नगरेको, मन्त्रीसंग आएर कुनै सल्लाहा नलिएको, र दिएको निर्देशनलाई पनि विभिन्न ऐनले गर्न मिल्दैन भन्दै कर्मचारीले नटेको भन्दै सरुवादेखि कारबाहीको तहसम्म पुगेको बताए ।

ती अधिकारीका अनुसार कोरोनाको समयमा विरामीबाट अनुचित रुपमा मंहगो शुल्क लिएको र यता सरकारसंग निशुल्क उपचार गरेको भन्दै अनुदान पनि लिएपछि कारबाहीमा रहेको संस्थाको कार्यक्रममा जानु नै मन्त्रीको साँठगाँठ सो अस्पतालसंग भएको अनुमान समेत गरेका छन् । यस सम्बन्धमा पटकपटक मन्त्री बस्नेतलाई सम्र्पक गर्दा उनी सम्र्पकमा आएनन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!