खेलकुदको माध्यमबाट बाढीग्रस्त मेलम्चीलाई उठाउने लक्ष्यमा छौं : सागर श्रेष्ठ

- May 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची (सिन्धुपाल्चोक) गत वर्ष गएको विनासकारी बाढी पहिरो र भुकम्पले ध्वस्त बनाएको मेलम्ची उपत्ययकालाई खेलकुदको माध्यामबाट पुरानै लयमा फर्काउने कार्यमा स्थानीय युवायुवतीहरु लागि परेका छन् । यसैक्रममा बाढीग्रस्त मेलम्चीलाई उठाउने लक्ष्य सहित जिल्ला ब्यापी भलिवल प्रतियोगिताको आयोजना गरिएको समाजसेवी तथा सामाजिक अभियान्ता सागर श्रेष्ठकाले बताएका हुन ।

यही बैसाख २५ देखि २८ सम्म हुने खेललाई कसरी उपलब्धीमुलक बनाउने, सुरक्षित कसरी बनाउने , विवादरहित तबरबाट सञ्चालन भै रहेको उनले बताए । भलिवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, पुर्ननिर्माणकलागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने उदेश्यले पनि यो आयोजना गरेको श्रेष्ठले बताए ।

सिन्धुपाल्चोकमा धेरै पर्यटकिय क्षेत्र रहेको भन्दै श्रेष्ठले यस क्षेत्रको भ्रमण गर्न आम समुदायलाई प्रेरित गर्ने श्रेष्ठले बताए । बाढीग्रस्त क्षेत्रलाई खेलकुदको माध्यमबाट उठाउने दावि गर्दै श्रेष्ठले मेलम्ची अब उठ्न ५० बर्ष लाग्छ भन्नेलाई मेलम्ची उठ्यो भन्ने सन्देश खेलबाट दिइने बताए ।

खेल अनुसाशित तवरले हुने भन्दै सुरक्षा र समन्वयमा कमि नहुने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरिक्षक नवराज सापकोटाले प्रतिबद्धता ब्यक्त गरे । मेलम्ची युवा क्लव र मेलम्ची पुननिर्माण तथा संरक्षण समितिको आयोजनामा खेल हुन लागेको मेलम्ची युवा क्लवका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्वनको लागि खेलकुद भन्ने नाराका साथ अहिले प्रतियोगिता जारी रहेको आयोजकले जनाएको छ। प्रतियोगिताका लागी जिल्लाका १४ टोलीको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष महावीर श्रेष्ठले बताएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख र ७५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितको फाइनल खेल यहि २८ गते बिहिवार हुने आयोजकले जनाएको छ । सो खेलको प्रायोजन अमेरिका बस्दै आएका राम श्रेष्ठले गरेको आयोजकले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!