काठमाडौं । सिन्धुपाल्चोकको दुबाचौरकी राम मायाँ घलेले आफन्तको सहयोगमा टेलिफिल्म चेलीमा पहिलो पटक अभिनय यात्राको सुरुवात गरेकी छिन् । घले अहिले राम्रो अभिनय गर्ने कलाकार भित्र पर्न सफल भएको बताइएको छ । उनले आफ्नो मान्छे, नारी, लौ के भयो लगायतका टेलिफिल्महरुमा अभिनय गरेकी छिन् ।
घलेले ३ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन। अन्य दुइवटा म्युजिक भिडियोको सुटिङ तयारीमा रहेकी उनी बताउछिन् । पारिवारिक अबस्था कमजोर रहेको घले २०५३ सालमा जन्मीएको बताई । पारिबारिक समस्याका कारण औपचारिक शिक्षालाई अगाडी बढाउन सकिनन । उनी रोजगारीको लागि कुवेत गएको बताईन । ७ जना दाजुभाइ, दिदिबहिनीमा राम माया चौथो सन्तान हुन ।
प्रतिक्रिया