कतारलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

- April 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। एसीसी प्रिमियर कपमा बिहीबार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरको खेल मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए ।

सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो । एसीसी प्रिमियर कपको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । आजै मूलपानी मैदानमा जारी हङकङ र कुवेतबीचको खेलको नतिजापछि मात्र नेपालले अन्तिम चारमा खेल्ने टोलीको टुङ्गो लाग्नेछ।

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५।१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो। जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो। अमिर फरुकले १४ रन थपे। कतारलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले ९ ओभरमा ३ मेडन राख्दै मात्र १४ रन दिए। सोमपाल कामीले ३ विकेट झारे। ललित राजवंशीले दुई विकेट आफ्नो नाममा गरे। सोमपालले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे। ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चे। गुलसन झाले ३ ओभरमा १७ रन दिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!