सिन्धु सभ्यता : धार्मिक तथा पर्यटन विकासका लागि राज्यको दायित्व

- April 10, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-के.वी विद्याधर
हामी नेपाली अहिले धर्म, संस्कृति, सभ्यता तथा आफ्नोपन भुल्दै गएका छौं । यो हनुको कारण हामी के हौं ? हाम्रो संस्कार के हो ? भन्ने कुरा हाम्रो शिक्षा पद्धतीसंग जोडिएको छ । शिक्षा सुधार सकल सुधार शिक्षा प्रणाली विग्रियो भने सबै संरचनाहरु विग्रन्छन् । नेपालको दोहोरो शिक्षा पद्धतिले गर्दा नेपाली समाजमा अनेकथरिकाका विकृति, विसंगती चरित्रहिन र छाडापनको विकास भएको देखिन्छ । हाम्रो धर्म संस्कृति र सभ्यता लोप हुँदै जाने अवस्थामा पुगेको छ । त्यसैले विभिन्न धर्मिक संघ, संस्थाहरुलाई धर्म, मानवता, चरित्रवान नैतिकतावानको लागि अग्रसर हुनु जरुरी देखिन्छ । यसर्थ, मैले लामो समयमा समाजसेवा तथा धार्मिक क्षेत्रहरुमा लागेर दिन, दुःखी पिढित तथा अन्यायमा परेका दाजुभाई तथा दिदी–बहिनीको सक्दो उद्धार गर्ने कामतिर लागेको थिए । आज अनेक थरीका मानिसहरु सामाजिक सञ्जालमा भाइरल भएपनि मैले गरेको समाजसेवा बौद्धिक व्यक्तित्व एवं राजनीतिक वृत्तमा थाहानै छ ।

यहाँनेर, मैले कलम चलाउनु पर्ने अवस्था किन पर्यो भने मेरा मित्रहरुले आफ्नो क्षेत्रको धार्मिक, पर्यटकिय र समाजिक विकासका लागि कलम चलाउनुस् भन्ने सल्लाह अनुसार सानो लेख यहाँ प्रस्तुत गरेको छु । म प्रथमतः नेपाली हुँ । मेरो देश र मेरो राष्ट्र प्राणभन्दा प्यारो छ । म मानवतासंग जोडिएको मानव भएकोले मानवहरुले दुःख, दर्द नपाउन भन्ने मेरो मनसाय हो । जनजी जन्मभूमिस्च्व स्वर्गदपी भन्ने कथनले विश्व मानवको लागि आत्मसाथ, ज्ञानसाथ गरेका छन् । त्यसैले यो लेखलाई संक्षिप्ती करण गर्न चाहेको छु । सर्वप्रथमतः बागमती सभ्यतासंग जोड्नु पर्दछ । बागमती सभ्यता भनेको बागभैरबसंग जोडिएको रहेछ । काठमाडौं उपत्यका लगायत ओरिपरि सबैभन्दा शिव मन्दिरहरु धेरै छन् । भैरबपनि शिवको एउटा स्वरुप हो । त्यस्तै पशुपतिनाथ, मछेन्द्रनाथ, टिकार्भैरब, लगायत थुप्रै मठमिन्दरहरु छन् । जातिय हिसावले होइन, बागमती सभ्यता नेवाः र ताम्सालिङ (तामाङ÷शेर्पा)संग जोडिएको छ । काठमाडौं उपत्यका नागराज जातीको हो ।

आधुनिक भाषामा भन्ने हो भने नागराज नागजाती थियो । नागराज जातीको अन्त्यपछि गोपाल जातको सुरुवात भएको इतिहासले बनाउँछ । नागराज जाती गोपाली तथा विस्तारै नेवार जातीहरुको विकसित भएको इतिहासले बताउँछ । विश्वमा मुगल साम्राज्य विस्तार हुँदै जादा र साम्राज्य जमाउँदै जादा मुगलहरुले खानपिनमा हस्तक्षेप गरेको इतिहाु भेटिन्छ । धर्म, संस्कृतिप्रति कटिवद्ध नेवार समुदायको वसोबास रहेको सबै टोल टोलमा देवि, देउताका मठ, मन्दिर, चैत्य तथा गुम्वाहरु छन् । आज धर्म र संस्कृतिलाई जर्गेना गरिरहेका छन् । यसैले मैले नेवाः साम्पदायी तथा तामसालिङ जातीय कुरा उठाएको होइन् । हामी नेपाली सबै समान रुपमा छौं । तर, हाम्रो धर्म, सभ्यता, संस्कृति, भाषा, अनि आफ्नोपन कायम राख्नुपर्छ भन्ने मेरो मान्यता हो । यहि सिलसिलामा म जन्मेको हुर्केको मातृभूमिप्रति केही लेख्न खोजेको मात्र हो । केही जानकारहरुको भनाई अनुसार सिन्धु सभ्यता नै सिन्धु घाटीको सभ्यता भन्दछन् । सिन्धुपाल्चोक जिल्लाको नामाकरण किन रह्यो भन्ने विषयमा पनि जानु पर्ने हुन्छ । संस्कृतिमा सि शब्द सिद्ध, सिरधुर (शिर) बैदिक ज्ञानमा शिरबाट धुन भएको र तिब्बतीयन र चीनियाँ भाषामा सिन्धु शब्द भोटको या तिब्बतको सिन्धु नदी भन्ने कुरा चिनियाँ यात्रीले लेखेको पुस्तकमा पाइन्छ ।

प्राचिनकालीन ऋग्वेदमा कैलाश पर्वतको करिडोरमा निस्किएका सतजल सिन्धु (रावी) कर्णाली र तिब्बतसंग जोडिएका गोसाईकुण्डबाट निस्किएका पवित्र नदी शिवपुराणसंग जोडिएको हुनाले सिन्धु सभ्यताबाट रुमान्तरण हुँदै हिन्दु सभ्यता जोडिएको संस्कृतिविद् एवं इतिहासविद्हरुको कथन छ ।
आधुनिक विकासक्रममा र पठनपाठनको अभावमा इतिहास मेटिएपनि सांस्त्रीय रुपमा उठान गर्नु जरुरी छ । सिन्धुपाल्चोक काठमाडौं र भोट जोड्ने व्यापारिक मार्ग पनि हो । त्यसको साथै पर्यटकिय हिसावले सिन्धुपाल्चोक गणेश र जुगल हिमालका अलावा विभिन्न पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ । तातोपानी, पाँचपोखरी, हेलम्बु, त्रिपुरासुन्दरी, गु्फा डाँडा (काजी हवेली), चिसापानी, भोटेकासी, साँगाचोकगढी, घुम्थाङ, पाङताङ, भैरव कुण्ड, दुगुनागढी, सुकुटेलगायतका स्थानहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

-के.वी. विद्याधर

सिन्धुपाल्चोक सेरोफेरोमा रहेका सामाजिक, आर्थिक विकास पर्यटन क्षेत्र विकास, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासमा राज्यले उल्लेखनिय भूमिका निर्वाह गर्न नसकेको देखिन्छ । सिन्धुपाल्चोकको धार्मिक क्षेत्रलाई यहाँ उल्लेख गर्ने हो भने पनि एउटा ऐतिसिक महत्व बोकेको पाल्चोकी देवि, भदौरे गणेस्थान, हर्लङबर्लङ, गौराती भिमेश्वर, त्रिपुरासुन्दरी, तातोपानी कुण्ड, रणनैनेश्वर महादेव मन्दिर, लिस्तीमाई गुम्बाहरुमा चिरी घ्याङ गुम्बा, तार्केघ्याङ गुम्बा, सुलीकोटघ्याङ गुम्बा मेलम्ची, सेर्माथाङ घ्याङ गुम्बा र मेलम्ची घ्याङ गुम्बा, रहेका छन् । यी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने हो भने सिन्धुपाल्चोकको आर्थिक विकासमा ठूलो टेवा पुग्छ । यसको लागि सिन्धुपाल्चोकका स्थानिय सरकारले पहल गर्नु जरुरी छ । सिन्धुपाल्चोकबासीहरुले आफ्नो क्षेत्रको विकासको लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई पनि दवाद दिनु पर्दछ । यही नै सिन्धुपाल्चोकको समृद्धिको लागि लागि धार्मिक र पर्यटकिय विकास नै मेरुदण्ड हो भन्नु अत्यूक्ति नहोला । -तस्वीर : गुगलबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!