सगरमाथाको फेदीमा अखाद्य वस्तुको कारोबार : प्रशासनको अनुगमन

- April 3, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोलुखुम्बु : सगरमाथाको फेदीमा रहेको नाम्चे बजारको होटल पसलहरुमा प्रशासनको अनुगमन गरेको छ। सिमा प्रशासन कार्यालय नाम्चेले गरेको बजार अनुगमनमा १ लाख ४२ हजार रुपैयाँ भन्दा बढी मूल्यको म्याद गुज्रिएका वस्तु जफत गरी नष्ट गरिएको हो।

नाम्चे क्षेत्र र छोङक्याममा रहेको होटल पसल, फार्मेसीबाट १ लाख ४३ हजार ५५० रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। २६ वटा पसलमा नापतौल गर्ने ढक भए–नभएको, मूल्यसूची भए–नभएको, दर्ता नवीकरण, म्याद गुज्रिएको लगायतका विषयमा बजार अनुगमन गरिएको सिमा प्रशासन कार्यालय नाम्चेले जनाएको छ।

जफत गरिएको वस्तु वडा नम्बर ५ को कार्यालय नजिकै नष्ट गरिएको कार्यालय प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिइन्। स्थानीय जनप्रतिनिधि, खुम्बु सामुदायिक सेवा केन्द्र र एसपीसीसी, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, नाम्चे होटल तथा लज व्यवसायी संघ तथा स्थानीय व्यक्तिहरुको सहकार्य तथा समन्वयमा बजार अनुगमन गरिएको प्रमुख बर्देवाले बताइन्। – अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!