काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले प्रतिबन्धित लागु औषध गाँजा १८८.९ के.जी बरामद गरेको छ। गएराति विशेष सूचनाको आधारमा सर्लाही, मलंगवा न.पा.-११ गम्हरीयास्थित झिम खोला बाँध ईलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजादै गरेको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
१० गण नम्बर गणबाट खटिएको १५ जनाको गस्ती टोलीलाई देखेपछि प्रतिबन्धित २० पोका छाडी व्यक्तिहरु फरार भएका छन्।
प्रतिक्रिया