मुलुकको आर्थिक संकट समधान गर्न सवैको सहयोग अबश्यक : पुर्वगृहमन्त्री खाँड

- March 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले मुलुक आर्थिक संकटको समस्या समधान गर्न सबैको साझा प्रयासबाट मात्रै गर्न सकिने बताएका छन्। बुटवलमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको साधारण सभामा नेता खाणले अव व्यवसायीहरूले आफ्नो झ्यालबाट टुलुटुलु हेरेर बस्न नहुने बताएका हुन ।

अहिले व्यावसायिक संघसंस्थाहरुले झ्यालबाट हेरेर बस्ने अवस्था छैन, मुलुकको समस्या समाधानका लागि सामूहिक दायित्व लिनुपर्ने अवस्था हो, खाणले भने। व्यवसायीले बैंक तथा वित्तीय संस्थालाई देखाउने र बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई देखाएर उम्कने परिपाटीको विकास भएको बताउँदै खाणले समस्याको पहिचान गरेर समाधान निकाल्न नसके व्यवसायी र वित्तीय संस्था मात्रै होइन समग्र अर्थतन्त्र नै तहसनहस हुने बताए।

खाणले बुटवलबाट प्रदेश राजधानी सार्दा उत्पन्न समस्याको शोधभर्नाका लागि स्वास्थ्य, शिक्षा र आर्थिक केन्द्रको निर्माणबाट लिनुपर्ने र त्यो दिशामा लाग्न व्यवसायीहरूलाई आग्रह गरे। उनले रुपन्देहीको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । यसैगरी, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको बताए ।

गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए । ‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षकोभन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ ।’–पौडेलले भने, यो अवस्था करिब ५० वर्षपहिले नेपालमा देखिएको थियो । बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले राजश्व संकलन साधारण खर्च समेत धान्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे ।

२०२८ सालको घटना स्मरण गराउँदै पौडेलले भने –‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको थियो । ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको बताए ।

सामान्य अवस्थामा जस्तो सत्ता पक्ष र प्रतिपक्षको अभ्यास गर्ने अवस्थामा नेपालमा नभएको उनले बताए । यसैगरी तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नेपाल नभएको बताउँदे उनले मुलुकको आर्थिक संकट समाधानका लागि सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नुपर्नेमा जोड दिए । नेता पौडेलले अर्थसंकट समाधानमा आफूले केही योजना थालेपनि ती काम गर्न नपाएको तर प्रतिपक्षमा बसेर पनि निरन्तर साथ दिने प्रतिबद्वता जनाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

तीव्र अपडेट