बागमती सरकारबाट एमाले बाहिरियो

- March 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका छन् । चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!