दलका नेतादेखि जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार : मापदण्ड विपरित क्रसर सञ्चालन

- March 23, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । देशको विकास गरि सवै जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने गराउने भन्दै सपथ खाएका जनप्रतिनिधि नै अबैधधन्दामा संलग्न भएको पाईएको छ । सरकारी ऐन कानुनलाई नै लत्याउदै अबैध रुपमा जहाँ मन लाग्यो त्यही बालुवा, गिटी उत्खनन गरि आफुखुशी बिक्री वितरण गर्ने कार्यमा जनप्रतिनिधिकै लगानी रहेको भेटिएको छ ।

यसरी जनताको भोट पाएर स्थानीय सरकार र केन्द्रदेखि प्रदेश सरकारको समेत जिम्मेवारी सम्हाली सकेका साँसद, मन्त्री हुदै पुर्वजनप्रतिनिधिदेखि गाउँपालिका र नगरपालिकाका मेयरहुदै सदस्यसम्मको लगानी अबैध क्रसर उद्योगमा रहेको भेटिएको छ । यसक्रममा काभ्रेपलाञ्चोकमा पूर्वसांसददेखि डनसम्मको लगानीमा रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक बनेका छन् ।

पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाउदै आएका छन । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको छ । कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ब्लु साइन स्टोन क्रसर उद्योग सञ्चालन गरेका छन् । उनी नमोबुद्ध नगरपालिकाको मेयरमा पराजित उम्मेदवारसमेत हुन ।

त्यसको नजिकै डन पृष्ठभूमिका गणेश लामाको क्रसर छ । उनी कांग्रेस नेता विजयकुमार गच्छदारका विश्वासपात्रका रुपमा रहेका व्यक्ती हुन । उनी अबैधधन्दा चलाउनकैलागि विभिन्न दल र शक्तीकेन्द्रमा जाने गरेका छन् भने पछिल्लो समयमा उनी नेपाली काँग्रेसमा प्रबेश गरेका व्यक्ती हुन ।

क्रसर उद्योगमा पत्रकारको नाम लिदै बार्गेनिङ गरेको उद्योगीहरुले गुनासो समेत गरेका छन् । विभिन्न मिडिया हाउसको नक्कली परिचय पत्र बनाई सोही परिचय पत्र देखाउदै रकम माग गर्ने गरेको गुनासो एक उद्योगीले बताएका छन् ।

ती उद्योगीले नाम नलेख्ने सर्तमा भने,‘विभिन्न मिडियाको पत्रकार हुँ भन्दै अन्टसन्ट सोध्ने र अन्त्यमा रकम माग गर्ने गरेका छन्, नदिए समाचार लेखिदिने भन्दै धम्काउने, मान प्रतिष्ठामै आँच आउने गरि लेखिदिन्छौ भनेर धम्की दिन्छन ।’ ती उद्योगीले बार्गेनिङ गर्ने पत्रकारहरुको सूची समेत उपलव्ध गराएका छन् ।

नेकपाका नेताहरू प्रेम लामा र उज्ज्वल लामाको लगानीमा पनि क्रसर उद्योग सञ्चालन गर्दै आएका छन । प्रेम जिल्ला समन्वय समितिका सदस्य समेत रहेको खुलेको छ । प्रदीप बोगटीले लामो समयदेखि ढुंगाखानी चलाउँदै आएको भेटिएको छ । पनौती तथा बेथानथोकका क्रसर नेता तथा प्रहरीलाई समेत साझेदार बनाएर चलाइएको पाइएको छ ।

रोशी तथा सुनकोसी नदीबाट मापदण्डविपरीत रोडा–बालुवा निकाल्ने तथा क्रसर चलाउनेहरू पार्टीमै आबद्ध सदस्यहरुको रहेको छ । सबै उद्योगहरु विद्यमान मापदण्ड पूरा गरेका छैननर । गुल्मीको रेसुंगा नगरपालिकामा पनि पुर्व मेयरको क्रसर उद्योगमा छोराको नाममा सञ्चालन भै रहेको छ ।

यि पनि अध्ययन गर्न छुट्यो की ?

सिन्धुपाल्चोकका क्रसर उद्योगमा नेताको लगानी भएपछि सञ्चालन गर्न अनुमति (नाम सहित)

मेलम्ची नगरपालिको क्रसर उद्योगमा मन्त्रीकै अबैध लगानी : कर छली गर्दै दोहन/सरकारी निकाय चुप

मापदण्ड विपरित जनप्रतिनिधिको क्रसर उद्योगमा लगानी : उनीहरुबाटै कार्यविधि–२०७५ निष्कृय

जुरे पहिरोपीडितको जग्गा जनप्रतिनिधिद्वारा अधिग्रहण गरी क्रसर उद्योग स्थापना

दलका नेतादेखि जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार : मापदण्ड विपरित क्रसर सञ्चालन

क्रसर सञ्चालकद्वारा कम कारोबार देखाउदै राजस्व छल्दै

क्रसर उद्योगमा नेता, कर्मचारी र जनप्रतिनिधिको लगानी : बन्द नहुने पक्कापक्कि

बाग्मती प्रदेश मन्त्री नेपालकाे लगानीमा अबैध क्रसर सञ्चालन

जुरे पहिरोपीडितको जग्गा अतिक्रमण गरी क्रसर सञ्चालन

इस्मा गाउँपालिका–२ पनाहामा ठूलो बेनामे क्रसर सञ्चालनमा छ । दर्ता त परको कुरा, वातावरणीय मूल्यांकनसमेत नगरी सञ्चालन गरिएको यो क्रसर सञ्चालकमध्ये एक वीरेन्द्र भुसाल रेसुंगा नगरपालिकाका पुर्वमेयर डिल्लीराज भुसालका छोराको नाममा चलाउदै आएका छन् । भुसाल रामेछाप कन्स्ट्रक्सन र पोखरेल सुनील समिति निर्माण सेवाका सञ्चालक हुन  ।

सिन्धुपाल्चोक जिल्लाका नेता मात्रै होइन, भक्तपुरका जनप्रतिनिधिसमेतको लगानी सिन्धुपाल्चोकका खोलामा रहेका क्रसरमा रहेको छ । मेलम्ची नगरपालिका–१२ स्थित रक्तमाला र पाल्चोकी इन्फ्रास्ट्रक्चर क्रसरमा भोटेकोसी गाउँपालिकाका पुर्वअध्यक्ष राजकुमार पौडेलको लगानी छ । मेलम्ची–१३ को गंगा–इन्द्रावती क्रसरमा पनि पौडेलकै सेयर रहेको छ ।

मेलम्ची–१३ का पुर्ववडाध्यक्ष देवेन्द्र घोरासैनीको लगानी चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा कालिन्चोक भगवती एग्रिगेट क्रसरमा रहेको छ । यो क्रसरमा नेकपा जिल्ला नेता गोविन्द पराजुलीको ठूलो लगानी रहेको छ । भक्तपुरका पुर्वजनप्रतिनिधि समेत सिन्धुपाल्चोक पुगेर क्रसर चलाउदै आएका छन् ।

मेलम्ची–१३ को जालपादेवी क्रसर सूर्यविनायक नगरपालिका–८ का पुर्व वडाध्यक्ष किरण थापाको रहेको छ । चौतारा–साँगाचोकगढी नगरपालिकाका पुर्वमेयर अमानसिंह तामाङले भने छोरा रघुसिंह तामाङको नाममा इन्द्रावती–१२ मा अविरल इन्द्रावती क्रसर सञ्चालन गर्दै आएका छन् । यो क्रसरमा नेकपा जिल्ला सचिव दावा तामाङको समेत लगानी रहेको भेटिएको छ ।

चौतारा–साँगाचोकगढी–१२ स्थित सिन्धु स्टोन एन्ड क्रसर कांग्रेस जिल्ला नेता केशवराज गिरीको लगानी रहेको छ  । नेकपा जिल्ला सदस्य उपेन्द्र तामाङको मेलम्ची–११ मा पाल्चोकीमाई क्रसर उद्योगमा रहेको छ । यी सबै क्रसर मापदण्ड विपरीत सञ्चालनमा रहेपनि सरकारी निकायले भने कुनै कारबाही गर्न आँट गरेको छैन ।

दोलखाका आठमध्ये दुई क्रसरमा पुर्वजनप्रतिनिधिको लगानी रहेको भेटिएको छ । कालिञ्चोक गाउँपालिका–७ स्थित गुमुखोला रोडा–ढुंगा उद्योग नेकपा दोलखाका अध्यक्षसमेत रहेका तामाकोसी गाउँपालिकाका पुर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेल रहेको छ  । मापदण्डविपरीत चलेको उनको उद्योगले तामाकोसी दोहनमा गरिरहेको छ । सिँगटीमा रहेको सिँगटी क्रसर उद्योग बिगु गाउँपालिका पुर्वअध्यक्ष युधिष्ठिर खड्काको रहेको  ।

यो उद्योग दर्ता नै नगरी सञ्चालित रहेको बताइएको छ । अवैध क्रसरमा राजनीतिक लगानी र संरक्षण यति बलियो छ कि नदीजन्य सामग्री उत्खननमा पुर्वमेयर र पुर्ववडाध्यक्षकै गाडी प्रयोग हुदै आएको छ । नियन्त्रणमा लिए उल्टै प्रहरी नै कारबाहीमा पर्ने गरेका छन् ।

जिल्लाका प्रायः क्रसर उद्योगले बालुवा प्रशोधन केन्द्रको अनुमति लिएर अवैध रूपमा क्रसर उद्योग चलाउदै आएको समेत रेकर्डमा देखिएको छ । उनीहरूले राजनीतिक पहुँचकै आधारमा मापदण्डविपरीत यी प्रशोधन केन्द्र चलाउँदै आएका छन । उद्योगले असर गर्दा पनि धम्कीका कारण बोल्न नसकेको स्थानीय बताउँछन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!