वाणिज्य महासंघमा चुनाबी रन्को : केन्द्रीय सदस्यमा गौतमको उम्मेदबारी

- March 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नीजि क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा नयाँ नेतृत्व चयनका लागि चैतको अन्तिम साता निर्वाचन हुदै छ । महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि हुने सो निर्वाचनमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरुले उम्मेदबारीको समेत घोषणा गरि सकेका छन् ।

अधिकाशं पदाधिकारीहरुलाई सम्बन्धित कम्पनी वा संस्थानहरुले महासंघको नेतृत्वका लागि उम्मेदबारी तयार गरेर पठाएका छन् भने केहीले आप्mनै निर्णय गरि विभिन्न पदमा उम्मेदबारी दिने घोषणा समेत गरेका छन् । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि अहिले कडा प्रतिस्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण रहन आएको छ । यसैक्रममा महासंघको मुख्य पददेखि केन्द्रीय सदस्यकालागि समेत उम्मेदबारी दिनेको सूची लामो हुने अनुमान महासंघले गरेको छ ।

यसैबीच महासंघको आसन्न नेतृत्वको सदस्य पदमा बस्तुगतको तर्फबाट नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय अध्यक्ष ध्रुव गौतमलाई सर्वसम्वत रुपमा उम्मेदबारी तय गरेर पठाएको छ । उद्योगी ब्याबसायीदेखि अन्य समुहमा समेत मिलनसार ब्यक्तीका रुपमा परिचय बनाउन सफल गौतमलाई महासंघको बस्तुगत तर्फबाट केन्द्रीय सदस्यको उमेदवारका रुपमा पठाएको नेपाल बोटल वाटर उद्योग संघले जनाएको छ ।

महासंघको आसन्न निर्वाचन चैत्रको २८–२९ गते हुने कार्यक्रम तय भएको छ । चुनाबी मिति तय भएसंगै महासंघको नेतृत्व आप्mनो पक्षमा पार्ने उदेश्यका साथ व्यवसायीका नेताहरू देश दौडाहामा अहिले व्यस्त रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!