ग्रील तथा स्टील ब्यवसायी महासघद्वारा सदस्यहरुलाई गतिशील व्यापार नेतृत्व तालिम

- March 20, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले महासघमा आबद्ध जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यहरुलाइ एक दिवसीय “गतिशील व्यापार नेतृत्वमा प्रेरक कार्यक्रम” ( Motivational Programm on Dyanamic Business Leadership) तालिम दिएको छ ।

प्रशिक्षण कार्यक्रममा महासघका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायीहलाई सगठित गर्न व्यवसायलाई ब्यवस्थित गर्न आफ्नो ब्यवसायलाई बढाउन एक आपसमा भाइचाराको बिकास गर्दै व्यवसायीकहरुबीच सहयोगात्मक भावनाको बिकास गर्न मद्द्त मिल्ने भएको काठमाडौबाट सुरु गरिएको नेतृत्व बिकास तालिमलाई देशका अन्य भागहरुमा पनि क्रमश तालिम गर्दै लैजाने बताए।

प्रशिक्षक रबिन कटुवालले यस्तो प्रशिक्षणबाट नेतृत्व बर्गलाइ व्यवसायी बिच गएर सागठनिक गतिबिधी सञ्चालन गर्न आफ्नो ब्यवसायलाइ प्रबर्द्धन गरि राम्रो आयआर्जन गर्न कर्मचारी र उपभोक्तासग सौहार्दपुर्वक व्यवहार गरि अगाडि बढन मद्दत मिल्ने भएकोले यस किसिमको प्रशिक्षणको आवस्यकता रहेको बताए ।

महासघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठले यो तालिमले ग्रील व्यवसायीहरुको नेतृत्वतहमा रहेका लिडरहरुलाई थप ज्ञान् र हौसला मिलेको बताउदै यहाँ सिकेको ज्ञानलाई आफ्नो आफ्नो कर्म क्षेत्रमा गएर अरुलाइ पनि सिकाउन अनुरोध गरे । महासघ, ललितपुर जिल्ला र काठमाडौ जिल्ला समिति र सो जिल्लामा आबद्द , क्षेत्रीय समिति र इकाइ समितिको नेतृत्व तहमा रहेका १ सय ७० जनाले प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!