एकल अंकको ब्याजदर बनाउनुको विकल्प छैनः चेम्बर अध्यक्ष मल्ल

- March 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गर्नुको विकल्प नभएको बताएका छन् उनले हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको बताउदै सरकारले तत्काल व्याजदरको समस्या समधान गरेर लगानी बृद्धि गर्नमा विशेष योजना ल्याउनु पर्ने समेत बताए ।

अध्यक्षमल्लले तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभामा सो कुरा बताएका हुन । अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए । आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्य क्षमल्लले लकअप प्रणालीमा जानुपर्ने बताए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाई छ ।

अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने,‘ अन्त्रको आन्तरिक पाटो अहिले पनिजोखिमकै अवस्थामा छ । रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादनहुननसक्दा कृषिजन्यबस्तुहरु समेत आयत गर्नु पर्ने अवस्थाआउनु विडम्बनाभएको छ, ।’

ब्याजदर एकलअंकमाआउन सक्यो भने अर्थतन्त्र पुनःचलायमान हुने अध्यक्ष मल्लले बताए । अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई अध्यक्ष मल्लले आग्रह गरे । स्थानीय तहमा उत्पादित बस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने अध्य क्षमल्लले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!