काठमाडौँ । अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताएका छन् ।
उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोष प्रति आकर्षण बड्दो क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखे । कोष संचालक समितिका अध्यक्ष प्राडा सूर्यबहादु थापाले कोषले आफुलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फः कार्य गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृर्षि, पर्यटन,उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत,साधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए । कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए ।
कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाउदै आएको उनको भनाई थियो । कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालिन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्धेश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको जानकारी उनले दिए ।
कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा आइसकेको बताउदै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपिएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ ।
निजी क्षेत्र तथा अन्य संगठीत संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाई सकिएको छ ।’ नागरिक लगानी कोष कर्मचराी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचराी संघका अध्यक्ष देव नारायण गुरागाईले कोषले गर्नुपर्ने बिषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए । बाषिकोत्सव कार्यक्रममा २० बर्षे सेवा अवधि पुरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया