काठमाडौं उपत्ययकामा ‘टोले गुन्डा’ फेरी सक्रिय : प्रहरी प्रशासन मौन

- March 17, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राईम व्यूरो
काठमाडौं । राजधानी उपत्ययकामा सबैजसो टोलमा विभिन्न समुह बनाएर स्थानीय व्यापारी, उद्योगी र व्यवसायीलाई धम्काउदै अबैध रकम असुली गरी टोलमा आंतक मञ्चाउदै पुनः टोलेगुण्डाहरु सकृय भएका छन् । प्रहरीले नै ‘टोलेगुन्डा’ को नाम दिएर गतवर्ष कारबाही गरेको भएपनि अहिले प्रहरी प्रशासन मौन बसेका कारण टोले गुण्डाहरुको आंतक मञ्चिएको पीडितहरुले बताएका छन् ।

यसैबीच, आफुलाई सामाखुसी क्षेत्रको डन तथा इन्काउन्टरमा मारिएका कुमार घैटेको उत्तराधिकारि भएको बताउदै टोलमा आतंक मञ्चाउदै हिड्ने ‘सानुभाई’ उर्पर्m युवराज गुरुङको एक समुहले आतंक मञ्चाएको सो क्षेत्रका व्यावसायी तथा सर्बसाधरणहरुले दुखेशो गरेका छन् ।

गुरुङसहितको समुहले विभिन्न दुःख दिदै आएपछि पिडितहरुले स्थानीय प्रशासनमा उजुरी गर्दा समेत उनीहरुमाथी कारबाही नहुदाँ खुलेआम हिडिरहेको व्यावसायीहरुले बताएका छन् । हालै नयाबसपार्क स्थित एक रेस्टुरेन्टमा मदिरा सेवन गरेर पुगेका उनले महिला कर्मचारीमाथि र्दुव्यवहार गर्दै अन्य कर्मचारीमाथि कुट्पिट गरि सख्त घाइते बनाई रेस्टुरेन्ट तोड्फोड गरेको पीडित पक्षले नाम गोप्य राख्ने सर्तमा बताएका छन ।

घटना पश्चात उनलाई प्रहरीले पक्राउ परे पनि गुरुङमाथी कुनै कारबाही नगरि छोडेपछि सो अबैधधन्दामा संलग्नसंग प्रहरी प्रशासनको मिलिमतो भएको समेत पीडित पक्षले बताएका छन् । प्रशासनले उनीमाथी मुद्दा नचलाएका कारण अहिले उनले गरेको क्षतिपूर्ति समेत नपाएको गुनासो पीडितको रहेको छ ।

गुरुङको समुहले सामाखुसी गोङबु क्षेत्रका होटेल रेस्टुरेन्ट तथा म्यानपावर व्यवसायीहरुलाई धम्काउदै हप्ता असुली समेत गर्दै आएको आरोप उनीमाथी लागेको छ । गुरुङ सहित उनको समुहको अर्को अबैधधन्दाका रुपमा ठगी समेत रहेको बताइएको छ । उनको ठगी गर्ने तरिका भिन्नभिन्न किसिमको रहेको समेत पीडितहरुले बताएका छन् ।

सो टोले गुण्डाको रुपमा चिनिएका गुरुङको समुहले प्रहरी प्रशासनमा राम्रो सम्बन्ध रहेको र प्रहरी अधिकारीहरुको सरुवा बढुवामा आफुले आर्थिक सहयोग गर्नु पर्ने लगाएत जेलमा रहेका डन समिरमान बस्नेत र रमेश बाहुनलाई जेलमा सुविधा सम्पन्न होटेलबाट खाना खाजा पठाउनु पर्ने भन्दै रकम असुली समेत गर्दै आएको आरोप लगाएका छन् ।

विभिन्न बहानामा ब्यक्तिहरु सित चाडै फिर्ता गर्ने सर्तमा लाखौ रकम असुली गर्ने गरेको र पछि रकम फिर्ता माग्दा उल्टो ज्यान मार्ने धम्कि दिने गरेको समेत दुखेशो पीडितहरुको रहेको छ । उनले प्रहरी प्रशासनकोे डर देखाइ झुठो मुद्दामा जेलमा हालिदिने भन्दै धम्कि दिने गरेको पिडितहरु बताउछ ।

मदिराको सुरमा गत माघ महिनामा गोरखा जिल्लाको एक सास्कृतिक कार्यक्रम सकिएपछि महिलाहरुमाथी मध्यरातमा र्दुव्यवहार गरेको आरोप समेत पीडित महिलाहरुले लगाएका छन् । नेपाली काँग्रेसमा आबद्ध भए रहेकै समयमा पटकपटक प्रहरीले पक्राउ गरेपछि र राजनितिक सरक्षण नपाए पछि अहिले उनी नेकपा एकिकृत समाजबादी पार्टीको जिम्मेवार सदसय समेत रहेको भन्दै धम्काउदै आएको समेत बताइएको छ ।

गुरुङको समुहलाई हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग कसुरमा कैद भुक्तान गरि रिहा भएका व्यक्ती समेत रहेको प्रशासनको तथ्याङ्कबाट खुलेको छ । दर्जनौ होटेल रेस्टुरेन्टमा मदिरा पार्टी गर्ने तर, बिल तिर्ने समयमा उल्टो व्यवसायीमाथी कुट्पिट र तोड्फोड गर्दै आंतक मञ्चाउने गरेको गुनासो व्यवसायीहरुले गरेका गन् ।

२ बर्ष अघि सामाखुसी स्थित एक व्यवसायीमाथि ब्यापारमा बिना लगानी साझेदारी नदिएको भन्दै मरणासन्न हुने गरि कुट्पिट गरेर आतंक मञ्चाएको समेत बताइएको छ । यसरी उनीमाथी पीडितहरुले लगाएको आरोपका सम्बन्धमा पटकपटक गुरुङलाई सम्र्पक गर्दा प्राप्त भएको नम्बरमा फोन सम्र्पक नै भएन । अर्थात प्राप्त टेलिफोन नम्बर कुनै बन्द गरिएको थियो भने कुनै उपलव्ध हुन सकेन भन्ने बनाइएको थियो ।

टोलेगुन्डा सयौँको संख्यामा राजधानीमा सक्रिय रहेको र धाकधम्की देखाएर असुली गर्दै आएको प्रहरीले जनाएपनि कारबाही गर्नमा भने प्रहरी प्रशासन पछि हट्दै आएको छ । रेस्टुरेन्टहरूमा सित्तैमा खानेदेखि उनीहरूले धम्की दिएर पैसा असुल्नेसम्मका हर्कत गर्दै आएका छन् । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार चाबहिल, गौशाला, रातोपुल तथा कालोपुल क्षेत्रमा समेत टोले गुण्डाहरुको आतंक रहेको बताएका छन् ।

उपत्यकाका काठमाडौंमा सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्दछ। राजधानीका ठमेल, नयाँबजार, सामाखुसी, चक्रपथ, गोगंबु, कलंकी, सुन्धारा, दरबारमार्ग, गौशाला, बौद्धलगायतका क्षेत्रमा सबैभन्दा बढी अपराध हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। काठमाडौंको नयाँ बस्ती, कपन, बुढानिलकण्ठ, धापासी,  नयाँबसपार्क,  बालाजु, बाफल, कालिमाटी, थानकोट, कोटेश्वर क्षेत्र पछिल्लो समय गुन्डागर्दी हुने शहर हाे।

यहाँ गुन्डागर्दीमा सक्रिय टोलेदेखि नाइके गुन्डाहरुसमेत बसोवास हुने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाको रेकर्डले देखाउँछ। डन कुमार घैँटे मारिएपछि राजधानीबाट गुन्डागर्दीका ठूला नाइकेहरू भागेपछि उनीहरुकै नाम लिएर यस्तो टोले गुण्डाहरुले आंतक मञ्चाउन थालेका हुन । रेस्टुरेन्ट, कलेज, म्यानपावर मात्र होइन, उनीहरूले सामान्य पसलेलाई समेत धम्क्याउदै रकम असुली गर्दै आएको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!