काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा भने मुल्य समायोजन गरिएको छैन । पटकपटक भारतबाट मुल्य घटेर आउदाँ पनि नेपाल आयल निगमले मुल्य घटाएको छैन ।
भने पछिल्लो समयमा भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १ रुपैयाँ ७४ रुपैयाँ मूल्य घटेर आएको जनाएको छ । हाल नेपाली बजारमा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँ र पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ बिक्री भइरहेको छ ।
प्रतिक्रिया