स्ववियु उम्मेदबार सुष्मा देउजाले अनेरास्ववियु परित्याग गरि नेविसंघमा प्रबेश

- March 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेलम्ची (सिन्धुपाल्चोक) । स्ववियू निर्वाचनमा ठूला विद्यार्थी संगठनबीच तालमेल भै चुनाबी मैदानमा उत्रेकै अबस्थामा विद्यार्थीले संगठन परित्याग समेत गरेका छन् ।

चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको मेलम्ची भ्याली क्याम्पसमा संयुक्त प्यानलबाट उम्मेद्बारी दिएकी उम्मेदबार सुष्मा देउजाले अनेरास्ववियु परित्याग गरेकिछिन । नेकपा एमाले र अनेरास्ववियु परित्याग गरि नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएको नेविसंघका अध्यक्षका उम्मेदबार रणजीत कार्कीले बताएका छन् ।

उम्मेदबार कार्कीका अनुसार नेविसंघमा प्रबेश गरेकी देउजालाई मेलम्ची भ्याली क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनमा पुर्ण रुपमा संघ र सिङ्गो प्यानल जिताउनकालागि विशेष जिम्मेवारी दिएको जनाए ।

मेलम्ची भ्याली क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!