चलचित्र कलाकार संघमा उप्रेती समुहको नाम सार्वजनिक

- March 15, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवार अभिनेत्री रेजिना उप्रेतीले आफ्नो समुहको नाम सार्वजनिक गरेकिछिन् । उप्रेतीको प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार शिवहरि नेपाल बैरागी र सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई रहेका छन् ।

सदस्यहरुमा रञ्जना खड्का, खिन्न भण्डारी, निर्मल स्याङ्तान, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवाल रहेको बताइएकि छिन् । सो समुहको घोषणा कार्यक्रममा निर्देशक नारायण पुरी, नरेश पौड्याल, शोभित बस्नेत, अभिनेता रमेश उप्रेती, राजेन्द्र खड्गीको समेत उपस्थित रहेको थियो ।

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन र रेजिनाले गरे उम्मेदवारी दर्ता

उप्रेतीको प्यानलले घोषणा गरेको एजेण्डामा कार्यालय व्यवस्थापन तथा सञ्चालन, कलाकारलाई क्यूआर कोड अंकित डिजिटल कार्ड वितरण गर्ने, संघको वेबसाइट सञ्चालन गर्ने, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्तिविकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृत्ति योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा विस्तार र कलाकारको सामाजिक सुरक्षा लगायतका एजेण्डा छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!