मेलम्ची भ्याली क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा

- March 15, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेविसंघबाट कार्की, अनेरास्ववियुबाट लामिछानेको उम्मेदबारी ।

ग्याल्थुम ( सिन्धुपाल्चोक) । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेसंगै अहिले गाउँगाउँको क्याम्पसमा समेत विद्यार्थीलाई चर्को राजनीतिले छोएको छ । लामो समयदेखि नेतृत्व विहिन हुदै आएको क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने भएसँगै विद्यार्थीहरुमाझ विद्यार्थी राजनीतिक माहोल बन्दै गएको छ । सिन्धुपाल्चोकमा रहेका सवै क्याम्पसहरुमा समेत स्ववियु निर्वाचनको गर्मी चर्को लागेको छ ।

विद्यार्थी संगठनहरुले आ–आफ्ना उम्मेदबारी समेत उठाई सकेका छन् । यसैबीच, सिन्धुपाल्चोकमा रहेका त्रिविका १२ सम्बन्धन क्याम्पसमध्ये मेलम्ची भ्याली क्याम्पस सबैं विद्यार्थी संगठनको केन्द्र विन्दुमा पर्दै आएको छ । सो जिल्लाभित्र राजनीतिक रुपमा चर्चा कमाउदै लामो समय नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले तत्कालिन सरस्वती माध्यामिक विद्यालयमा बहुमत सदस्य बनाएर जिल्लाको राजनीतिलाई समेत चुनौती दिदै आएको थियो ।

सोही इतिहाँसकै कारण अहिले पनि सोही विद्यालय अन्र्तरगत सञ्चालनमा रहेको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुमको नेतृत्व लिन अहिले कडा प्रतिपस्पर्धा पर्ने देखिएको छ । क्याम्पसको नेतृत्व लिनकालागि नेविसंघको तर्फबाट रणजीत कार्कीको नेतृत्वमा समुह नै बनाएर चुनाबी मैदानमा उत्रेको बताइएको छ ।

सभातिको उम्मेदबार कार्कीको नेतृत्वमा आइती तामाङ सचिब, भावना लामिछाने कोषाध्यक्ष, सदस्यमा दिपा लामिछाने र एलिना थापा रहेका छन् । ‘मंहगो शिक्षा र व्यापारीकरणको अन्त्य, समान शिक्षा प्रणाली नेविसंघको गन्तव्य’ भन्ने नारा दिएर कार्की नेतृत्व नेविसंघ चुनाबी मैदानमा उत्रेको छ ।

कार्कीको नेतृत्वमा गएको समुहमा अखिल कान्त्रिकारी र अनेरास्ववियस समाजबादीबीच तालमेल गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट भन पवनकुमार लामिछानेले सभापतिको उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा राजन गिरी, कोषाध्यक्षमा प्रदिप गुरागॅाई, सदस्यहरुमा सरिता ज्योती, गोकुल लामिछाने र सुन्तली तामाङ रहेका छन् । सो क्याम्पसमा हाल १ सय ४७ जना विद्यार्थी अध्यनरत रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!