काठमाडौं । नेपाल आईसीसी ओडीआई वरीयताको १६ औं स्थानमा उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको जनाएको छ । १९ औं स्थानबाट १७ औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेर १६ औं स्थानमा पुगेको हो ।
पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ । नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड १२औं , नेदरल्याण्ड्स १४औं र ओमान १५ औं स्थानमा छ ।
प्रतिक्रिया