लघुवित्त र मिटरव्याजी विरुद्धमा काठमाडौंमा प्रदर्शन

- March 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लघुवित्त संस्था र मिटरव्याजीहरुको ज्यादतीका विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएको पीडितहरुले सो विरोध प्रर्दशन गरेका हुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्धमा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेजको माग गरेका छन् । विरोध प्रदर्शनमा सयौंको संख्यामा सहभागी भएका थिए । लघुवित्तले बढी ब्याज लिएको भन्दै देशभर पीडितहरु आक्रोशित भएका छन् । आन्दोलनका नेतृत्व गरेका प्रसाईले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।

आफूहरु सर्वहारा वर्गको बिरुद्धमा भएका शक्तिहरुको बिरुद्धमा आन्दोलनमा उत्रिएको उनले बताए । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!