चुनाक कै कारण ब्याजदर वृद्धिको आन्दोलनमा देखिए महासंघका पदाधिकारी

- March 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आफ्नो नेतृत्वमा संस्था हत्याउनकालागि व्याजदर बृद्धिको आन्दोलनमा महासंघका पदाधिकारीहरु देखा पर्न थालेका छन् । सुरुबाटै व्याजदर बृद्धिको आन्दोलनमा सडकमा उत्रेका उद्योगी व्यवसायीलाई विभिन्न बहाना बनाएर आन्दोलन रोक्न लगाएको वाणिज्य महासंघका पदाधिकारीहरु पछिल्लो समयमा आएर जारी आन्दोलनको अग्रपक्तिमा देखिएसंगै उद्योगीहरुको समर्थन लिन नौटकि सुरु गरेको समेत आरोप व्यवसायीहरुले लगाएका छन् ।

यसैक्रममा उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरे कार्यक्रममा केही पदाधिकारीहरु प्लेकार्ड लिएर आन्दोलनमा सहभागी भएको भेटिएको छ । देशभरका उद्योगी व्यवसायीहरुले मंगलबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका थिए । । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिनु परेको बताएका छन् ।

व्याजदरका कारण महासंघभित्र चर्कियो विवाद : निर्वाचनमा असहयोग गर्ने सदस्यहरुको चेतावनी

देशभरका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण गराउने कार्यक्रममा महासंघका उपाध्यक्षहरुको सहभागीता भएको थियो । सो विरोध कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, उमेशलाल श्रेष्ठ लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

उनीहरुले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन तत्काल पहल गर्नुपर्ने बताए । अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको बताएका थिए । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरु बैंक विरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकायहरु समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए ।

पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको उनले बताए । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरुको सहभागिता रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!