चलचित्र मै ‘पिएचडि’ गरेका ‘संजय’ले के महासचिबमा अबसर पाउलान ?

- March 13, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुनगईरहेको आसन्न चुनाबमा चलचित्र क्षेत्रमा पिएचडि गरेका नायक संजय खतिवडाले महासचिव पदमा उम्मेदवारी दिएका छन् । उनले आफु महासचिवमा निर्वाचित हुने आशा सहित उमेदवारी दिएको बताएका छन् । साथै चलचित्र क्षेत्रमा यतिबेला उनी महासचिवमा निर्वाचित हुनसक्ने अडकलबावी लगाउन थालिएको छ । साथै उनी चलचित्र क्षेत्रमा पिएचडि गरेका व्यक्ति भएकाले महासचिवमा निर्वाचित हुनसक्ने सम्भावना रहेको संघ भित्र चर्चा छ । हालका महासचिव उमेदवारहरुमा सबैभन्दा बढि शिक्षित एवं चलचित्रमै विज्ञता भएका खतिवडाको समर्थनमा बरिष्ट चलचित्रकर्मीहरुले पनि खुलेरै समर्थन गरेको बताइएको छ ।

सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउँदै आएका खतिवडा नेतृत्व सम्हाल्न सक्षम रहेको चलचित्र वृत्तका विज्ञहरु बताउछन् । विगत २ दशकदेखि सक्रिय रुपमा चलचित्र तथा कलाकारिता क्षेत्रमा रहेर कलाकारहरुको हितमा वकालत गर्दै आएका खतिवडा कलाकारितालाई समेत निरन्तरता दिँदै आगामी दिनहरुमा अझ बेसी सक्रियता जनाउने बताउँछन् । कलाकारहरुको हकहित र अधिकारको लागि सधैँ सपर्पित हुँदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटका साथ आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

महासचिब पदमा उम्मेदवारी दिनको लागि पनि आफू भन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह–सुझाव लिएरै अगाडि बढेको उनी बताउँछन । यहि कारण पनि आफुलाई सबैको साथ र अझ भनौ कलाकार साथीहरुको अमुल्य सहयोग रहेको पनि उल्लेख गरेका छन् ।

उनी अगाडी भन्छन् – नेपाल चलचित्र कलाकार संघको गरिमा र अग्रजहरुले दिएको योगदान र उहॅाहरुको संम्मानलाई जिबन्त संग्रहित एवं ब्यवस्थापन संगै कला, कलाकार हरेक राष्ट्रको पहिलो पहिचान हो भन्ने तथ्यलाई आफ्नै देशमानै स्थापित एवं स्मरण गराई विश्वमा यसको गरिमा प्रस्तुत गर्न प्राथमिकताका साथ राज्य र संयन्त्रको उचित पहल कदमीकालागि पनि कुशल ब्यवसाहिक संगठनको जरुरत पर्दछ। यस्ता धेरै प्रकृतिका हाम्रा आबश्यकता एवं चाहनालाईलाई अभिब्यक्त गर्न पनि म कलाकार संघ मार्फत महासचिवको जिम्मेवारीमा एकपटक सेवा गर्न चाहेको छु। संपुर्ण विशिष्ट, बरिष्ट एवं समकालिन पेशाकर्मीज्युहरु प्रति यो हालको अबस्थाको उच्च मुल्यांकन गरि आगामी नेतृत्वका लागी उपर्युक्त निर्णयका साथ मताधिकार प्रयोग गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!