काठमाडौं । चलचित्र कलाकार संघ भित्र सदस्यता र आर्थिक प्रतिवेदनलाई लिएर विवाद कायम रहँदा नै आगामी चैत ४ गते निर्वाचन गर्ने गरि कार्य तालिका अनुसार काम भएको बताइएको छ । सदस्यता नवीकरण, कार्ड वितरण र आर्थिक प्रतिवेदनलाई लिएर केही सदस्यले उजुरी दिएका थिए ।
यसका लागि छानबिन समितिले पत्र पनि लेखेको थियो । लगत्तै कार्यसमितिले विवाद छिनोफानो नगरिकन महाधिवेशनमा जान नसकिने निर्णय गरेको थियो । तर यसैसाता बसेको दोस्रो बैठकले चैत ४ गते नै निर्वाचन गराउने निर्णय पुनः गरेको थियो । चलचित्र कलाकार संघ फिल्म अभिनयमा संलग्न कलाकारको छाता संस्था हो ।
शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेको संघले जनाएको छ । सात जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिवमा सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसी सहित ५ जनाले उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी दर्ता गरेका छन्। कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेको संघल जनाएको छ ।
सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् जसमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेलले उम्मेदवारी दिएका छन् ।
सदस्य पदमा गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया