कला अनि कलाकारको सम्मान व्यवस्थापनको लागि मेरो उमेदवारी – बाबा

- March 12, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आगामी चैत्र ४ गते हुने नेपाल चलचिब कलाकार संघको निर्वाचनमा कलाकार पवनप्रसाद खतिवडा(बाबा)ले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । २०४८ सालमा भिडियो चलचित्र कर्ममा बाल कलाकारको रुपमा देखा परेका बाबा नृत्य निर्दशनदेखि थुप्रै चलचित्रहरुमा मुख्य सहायक निर्देशन गरेका बाबा उर्फ पवनप्रसाद खतिवडा अहिले कलाकार बाबाको रुपमा परिचित छन ।
एक कार्यकाल कार्यसमिति सदस्यको रुपमा नेपाल चलचित्र कलाकार संघमा निर्वाचित भएका बाबा अहिले स्वतन्त्र रुपमा कलाकार संघको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।
कलाकार कुनै दल, पार्टीको हुँदैन, पुरै देशको हुन्छ, तसर्थ कलाकार गहना होइन, राज्यको अङ्ग हो र हुनपर्छ भन्ने मान्यता राख्दै आएका बाबाले कलाकारलाई राज्यले (अवस्था हेरेर) शिक्षा, स्वस्थ्य लगायत आधारभूत आवश्यकतामा राहत दिनुपर्नेमा जोड दिएका छन । कलाकारको क्षमताको प्रदर्शन होस, जस्ले राज्यका नागरिकले गरेका गलत कामलाई गलत र सहिलाई कला मार्फत सहि भनेर प्रस्तुत गर्न सक्यो भने राज्यमा पनि कुशल शासन भएको अनुभूति हुनेछ अनि सम्पुर्ण जनता सुखी, खुशी, स्वस्थ्य रहन्छ्न भन्नेमा उनले जोड दिएका छन् । साथै सम्पुर्ण चलचित्रसंग सम्बन्धित संघ, सस्था एकजुट भएर, राजनिती भन्दा माथी उठेर सम्पुर्ण चलचित्रकर्मीको हितमा लाग्न सबैलाई आग्रह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको बाबाले बताए । यसरी कला र कलाकर्मीलाई अगाडि बढाउन सकेको खण्डमा संघमा केही हद्सम्म राजनीतिकरण कम हुने उनको बिश्वास छ।
सिनियर, समकक्षीलाई आदर सम्मान गर्दै सिक्दै, जुनियर कलाकारहरुलाई माया र प्रोत्साहन गर्दै नजानेका सीपहरु सिक्दै तथा सिकाँदै जानसकेको खण्डमा मात्र कलाकार र संघका पदाधिकारीको जिम्मेवारी महत्वपूर्ण रहेको मानिने हुँदा मेरो उमेदवारी यहि कुराको व्यवस्थित गर्ने उद्देश्य रहेको समेत जानकारी गराउँदछु – बाबा भन्छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!