बिजेताको चाबी राजाको हातमा

- March 12, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । आसन्न नेपाल चलचित्र कलाकार संघको १९ औ निर्बाचनको माहोल तात्तिदै गर्दा, कलाकर्मी उमेदवारहरू परिणाम आ-आफ्नो पाेल्टामा पार्ने होडबाजी समेत चुलिएको छ।
गत २७ गते मात्र १७ सदस्यीय कार्यसमितिका लागि करिब ४६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षको लागि मोहन निरौला प्यानल र रेजिना उप्रेती प्यानल र केही स्वतन्त्र हिसाबले समेत उम्मेदवारी दिएको निर्बाचन समिति संयोजक राजेन्द्र शलभले जानकारी दिए । आगामी ४ गते हुने निर्बाचनमा जितको आकडा समेत गर्न थालिएको बर्तमान अबस्थामा धेरैजसो सदस्यहरुको आवाज बर्तमान महासचिव चेत बहादुर सिंह (राजा)ले जुन उम्मेदवार र प्यानललाइ सहयोग गर्यो त्यसैले बाजि मार्छ भन्ने हल्ला चुलिएकाे छ। लामो समय नेपाली चलचित्रमा सक्रिय राजा भने यस पटक उम्मेदवारी नदिइ तटस्थ बसेकाे बताइएको छ । यस बिषयमा महासचिव राजालाइ सोधपुछ गर्दा उनी भन्छन – लामाे समय साे संघकाे विभिन्न पदमा रहेकाे कारणले मसंग धेरै सदस्यसंग घुलमिल भएकाले साे हल्ला चलेको हुनसक्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!