बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीको प्रदर्शन जारी

- March 12, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बैंक वित्तिय संस्थाहरुले अत्याधिकमात्रामा व्याजदर असुली गरि ऋणीलाई आत्मदाहदेखि आत्महत्यासम्म गर्न बाध्य बनाएको भन्दै लागु भएको व्याजदर घटाउनु पर्ने माग राख्दै उद्योगी तथा व्यवसायीहरु आन्दोलन गरि रहेका छन् । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका हुन ।

सोीही सिलसिलामा आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका छन् । सो आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताएका छन् ।

उनले भने, ‘माघ १६ गते उद्योगी, व्यवसायी मिलेर वृहत आन्दोलन गरेको थियौँ । हामीले धेरै संघहरु बोलाएर आन्दोलन गरेका थियौँ । तर सरकारले बोलाएर छलफल गरेन । त्यसैले पुनः आन्दोलन गरेका थियौँ । तरपनि सरकारले ध्यान नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीबिरुद्ध हामीले आन्दोलन गरेका हौँ।’ उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताए ।

उनले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए । उनले भने, ‘उद्योगी व्यवसायीमाथि बैंकहरुले दादागिरी देखाइरहेका छन् । यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस् । राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ ।

राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ ।’ उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!