काठमाडौं । स्वास्थका लागि खेलकुद, राष्ट्रका खेलकुद भन्ने नारा सहित काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा–१ स्थित घट्टेचौरमा नेपाल सिनक्योकुसिन काई कराते संघ चाल्नाखेलद्वारा आयोजित तेस्रो मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह तथा केविन रोहण स्मृति उपत्यका व्यापी सिनक्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ । सांसद, पूर्वखेलकुदमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले दिपप्रज्वलन गरी उक्त खेलको शुभारम्भ गरेका थिए ।
सो कार्यक्रममा सांसद एवं नेता केसीले खेलाडी मुलुकका गहना हुन्, खेल र खेलाडीको विकासले मुलुकको अवस्था जनाउने बताएका छन् । उनले खेल खेल्नको लागि मात्र नभई शारिरीक र मानसिक रुपमा स्वस्थ हुने बताए । खेल र खेलाडीले देशको ओज र तेज बढाउने समेत उनले बताए । उनले नेपालमा खेललाई प्राथमिकतामा राखि युवा तथा खेलकुद मन्त्रालय नै खडा गरि खेल र खेलाडीको विकासको लागि सरकारबाट नै सहयोग भएको बताए ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङको समेत सहभागीता रहेको छ । सो कार्यक्रममा एसियाली प्रमुख विश्व कराते संगठन ध्प्इ का जेबी सुजोतो उक्त खेलमा भाग लिन आइपुगेका छन् । उक्त कार्यक्रममा दनपा वडा नं. १ का वडा अध्यक्ष जय थापा मगर, वडा नं. ६ का वडा अध्यक्ष शैलेश मानन्धर, कि.न.पा. वडा नं. ६ का वडा अध्यक्ष खीर मान सिंह बस्नेत (पृथ्वी), केविन रोहण स्मृति प्रतिष्ठानका संस्थापक कृष्ण गुरुङ, समाजसेवी तेजबहादुर राईको पनि सहभागीता रहेको छ ।
यसैगरी, दक्षिणकाली नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत दिपककुमार केसी, नेपाल सिनक्योकुसिन कारातेका प्रमुख तथा महासचिव ब्रान्चचिफ सूर्यबहादुर बुढाथोकी, नेपाल सिनक्योकुसिन करातेका कन्टायाक्ट ब्रान्चचिफ कृष्ण चन्द्र बानिया, आशिहारा कराते संघका अध्यक्ष अनिल न्यौपानेको पनि सहभागीता रहेको छ । यसैगरी, द.न.पा.कार्यपालिका सदस्य रमा पहरी, द.न.पा.वडा नं. १ वडा सदस्य साफिया सुनाल, द.न.पा. वडा नं. १ वडा सदस्य मन्जु खड्का, न.पा. वडा नं. १ वडा सदस्य नमराज नगरकोटीकापनि उपस्थिती रहेको छ ।
न.पा. वडा नं. १ वडा सदस्य प्रशान्त लामा, द.न.पा. १ वडा सचिव जयराम गिरी, कर्डिनल इन्टरनेसनल स्कुलका प्रिन्सीपल रमेश केसी, मित्र बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष सन्तोष क्षेत्री,दि राइजिङ युथ क्लबका अध्यक्ष उमेश श्रेष्ठ, प्रहरी प्रभाग चाल्नाखेल प्रमुख, प्रतियोगिता संचालनका लागि भोजन संयोजक दिनेशकुमार नगरकोटी, संचालकको लागि आर्थिक संयोजक सविता बोगटी, स्वयं सेवक संयोजक राजेश तामाङ, मन्च व्यवस्थापन संयोज कउषा पुतुवार, आवास संयोजक शिवहरी थापाले गरेका छन् ।
मिडिया संयोजक नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारी, चाल्नाखेल खानेपानी तथा सरसफाई उ.स.अध्यक्ष राजेश परियारको नेतृत्वमा भएको छ । समाजसेवी विजय लामा सहयक रेफ्री, सबै खेलाडी, रेफ्रि, अफिसियल, खेलप्रेमी दर्शक, पत्रकार, सुरक्षाकर्मीहरुको सहभागिता छ ।
कार्यक्रममा रुदाक्षको माला र ब्याच वितरण गरी अतिथि सम्मान तथा स्वागत राजेश तामाङ महासचिव नेपाल सिनक्योकुसिन काई कराते संघले गरेको थियो । बुबा कृष्ण गुरुङ र आमा लिला थापामगरका छोरा केविन रोहन गुरुङको सम्झनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा आईकेएफएप नेपाल प्रमुख तथा नेपाल फुल कन्टयाक्ट पूर्वचिफ कोच स्यान प्रमनाथ श्रेष्ठ, नेपाल फुल कन्टयाक्ट चिफ कोच तथा बादोकाईदो कराते नेपाल प्रमुख काजीमान श्रेष्ठ, सो– क्मोकुसिन करातेका नेपाल प्रमुख राजकुमार श्रेष्ठ आईकेएफएप नेपाल प्रमुख प्रेम लामाको उपस्थिती रहेको थियो ।
क्योकसिन कान चीफ सुभाष काफ्लेको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको संयोजक विनोद गुरुङले बताए । कार्यक्रमको संचालन संस्थाका सचिब रामकुमार नगरकोटीले गर्नु भएको थियो ।
तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति प्रतियोगिता फागुनको अन्तिम साता
प्रतिक्रिया