एन्टिना घनश्याम
काठमाडौ । काठमाडौ, बुढानिलकष्ठ १० कपन बालुवाखानीमा रहेको फेरील्याण्ड इन्टरनेशनल स्कुलको १४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
सो कार्यक्रममा बुढानिलकष्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले फेरील्याण्ड स्कुल नगरपालिका भित्रकै उत्कुष्ट बिद्यालय रहेको बताए । उनले यस विद्यालयले गुणस्तरीय शिक्षा दिने विद्यालय रहेको भन्दै अव कुनै विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न बुढानिलकष्ठ क्षेत्र बाहिर जानु नपर्ने दाबी गरे ।
विद्यालयका फाउण्डर प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले विद्यार्थीको सर्वाङगिण विकासलाई ध्यानमा राखेर पठनपाठन गरिएको बताए । उनले विद्यार्थीको चाहाना र मनोविज्ञानलाई बुझेर त्यसै अनुरुप उनीहरुलाई पढाइनुका साथै थप सहयोग गरिरहेको बताए ।
प्याप्सनका उपाध्यक्ष कृष्ण अधिकारी, एनप्याप्सनका सचिब बिष्णु पराजुली, बुनपा १०,११ १२ का बडा अध्यक्षहरु क्रमस नवराज भट्टराई, राजु अधिकारी, शम्भु भट्टराई काठमाडौ प्याप्सनका अध्यक्ष प्रेम राई ओप्स सल्लाहकार राम केसीले विद्यालयका बारेमा आ–आफ्नो मन्तव्य राखेका थिए ।
सो अवसरमा विद्यालयले ८० बर्ष भन्दा माथीका अभिभावकहरुलाई सम्मान गरेको थियो । कलाकार कमलिकान्त भेटवाल, सुनिता बुढा क्षेत्री लगायतका कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया