सिंहदरबारभित्रकै क्यान्टिन मापदण्ड विपरित : गुणस्तरहिन खाद्यबस्तुको बिक्री

- February 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । देशको मुख्य प्रशासनिक स्थल सिहदरबार भित्र नै विद्यमान ऐन कानुन विपरित विभिन्न क्यान्टिन (खाजाघर) सञ्चालन हुदै आएको छ । शक्ता र शक्तिको पहुँच हुनेलाई कमशिन लिदै क्यान्टिन सञ्चालन गर्ने सम्झौता गरेर सञ्चालनमा रहेका क्यान्टिनहरु एकातर्फ मापदण्ड विपरित रहेका छन् भने अर्कोतर्फ गुणस्तहिन खाद्यबस्तुको खुलेआम बिक्री हुदै आएको भेटिएको छ ।

यसरी गुणस्तरहिन खाद्यबस्तुदेखि दुषित पानीको प्रयोग समेत गरिदै आएको सिंहदरबार परिसरभित्र रहेको क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेसंगै सो कुरा बाहिरिएको हो छ ।

आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको थियो । सो क्रममा क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थलगायत अन्य बस्तु भेटिएको थियो ।

यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ । साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ताको अधिकार र अनुगमन गर्ने प्रशासनिक निकाय सिंहदरबार भित्र सञ्चालन भएका चमेनागृहहरू नै मापदण्ड विपरीत सञ्चालन भएको ठहर विभागले गरेको छ ।

विभागले गरेको ३ वटा क्यान्टिनको अनुगमनमा ३ वटै क्यान्टिन मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको जनाएको छ । अनुगमनका क्रममा केन्द्रिय चमेना गृहमा कारोबार सम्बन्धि कागजपत्र नभएको, अर्थमन्त्रालयको चमेनागृहमा गुणस्तर तथा नापतौल विभागमा प्रमाणिकरण भएको तौल मेसिन नरहेको पाइएको छ भने म्याद गुज्रिएको रेडिमेट परौठा रहेको भेटिएको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्झौता पत्र नभएको, २७ सय बराबरको अयोग्य पेय पद्धार्थ रहेको र त्यसलाई नष्ट गरिएको जनाइएको छ । मन्त्रालयहरू सञ्चालन भएका क्यान्टिनहरूमा मूल्यसूची नभएको, खानेकुराहरू सफासुग्घर र छोपेर नराखेको, सरसफाइमा विशेष ध्यान नदिएको पाइएको छ ।

मन्त्रालय र प्रशासनिक निकायमा सयौं कर्मचारीले प्रयोग गर्ने क्यान्टिन नै उपभोक्ता हितबिपरित सञ्चालन भएको पाइनुनै सवैभन्दा ठूलो गल्ती भएको ठहर समेत विभागले गरेको छ ।

सिंहदरबार भित्र सञ्चालनमा रहेका क्यान्टिनको अनुगमन गर्दै आएको र केन्द्रीय चमेना गृह ‘सेन्टर क्यान्टिन’ यस अघि नै उपभोक्ता हित विपरित सञ्चालन भएको पाइएको र ५० हजार जरिवाना समेत गराइएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!