याङ्ग्रीमा माविले १५ स्वर्ण पदक जित्दै हेलम्बु गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

- February 17, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेलम्बु (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १५ स्वर्ण सहीत याङ्ग्रीमा माध्यमिक विद्यालय प्रथम भएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेकोे मेलम्ची भ्याली क्याम्पसमा भएको खेलमा याङ्ग्रीमाले सो जित हालिल गरेको हो ।

सो खेलमा ४ स्वर्ण सहीत नोर्वुलिङ माध्यमिक विद्यालय द्वितीय, र सरस्वती माध्यमिक विद्यालय तृतीय भएको छन् । छात्र÷छात्रा भलिबल प्रतियोगिता लगाएत १७ भन्दा बढी खेलहरु समावेश गरीएको थियो । सो प्रतियोगितामा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सला लामिछानेले विद्यार्थीहरूको विकास, बिस्तार र सुदृढीकरण गर्नका निम्ति पालिका सदैव प्रतिबद्ध रहेको बताउदै पढाईका अलवा अतिरिक्त कार्यमा समेत सकृय बनाउन यस्ता प्रतियोगिताको आयोजना गरिएको बताएकी छिन् ।

उनीले बिजेता खेलाडीहरूलाई बधाई दिदै आगामी दिनमा पनि अझ धेरै खेल समाबेश गरेर यस प्रकारका प्रतियोगितालाई निरन्तरता दिने बताई । उपाध्यक्ष लामिछानेले बजेटको अभावमा कतिपय विद्यालयहरू प्रतियोगितामा भाग लिन नपाउने अवस्थाको अन्त्य समेत गरिने र बजेटकै अभाबमा सहभागी हुनबाट बञ्चित नहुने गरि कोषको व्यवस्था समेत गाउँपालिकाले गर्ने बारेमा छलफल गरेर निर्णय गर्ने समेत बताईन ।

उनीले खेल र खेलाडीप्रति गाउँपालिका सदैव सकारात्मक रहेको भन्दै अनुशासित, मर्यादित, व्यवस्थित र प्रभावकारी ढंगले प्रतियोगिता सञ्चालन गरी जिल्लाकै उत्कृष्ट खेलाडी उत्पादनमा यो प्रतियोगिताले थप सहयोग पुग्ने बताईन । उपाध्यक्ष लामिछानले असफलता नै सफलताको कडी भएकाले खेलमा पराजीत खेलाडीहरूलाई निराश नभई निरन्तर रुपमा सक्रिय भएर लागी रहनसमेत सुझाब दिईन ।

विद्यार्थीहरुले पालिका स्तरीय मात्रै नभइ राष्ट्रिय स्तरको खेलमा पनि भाग लिन सक्ने क्षमतावान खेलाडी बन्नुपर्नेमा उनको भनाई रहेको छ । हेलम्बु गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सो प्रतियोगिता भएको थियो । फाल्गुन ३ गते देखि सुरु भएको सो प्रतियोगिताको शुभारम्भ हेलम्बु गाउँपालिकाको निमित्त पालिका अध्यक्ष दावा गाल्जेन लामाले गरेका थिए ।

सोही गाउपालिका प्रमुख प्रसासकिय अधिकृत उदयराज भट्टराई, शिक्षा शाखा प्रमुख बिश्वनाथ भण्डारीलेको समेत उपस्थिती रहेको थियो दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा दडौ, छात्र÷छात्रा भलिवल, सटफुट, ज्यावलिङ थ्रो, हाईजम्प, लङ्जम्पलगायतका खेल समाबेश गरिएको थियो ।

यसै खेलमध्ये छात्रा भलिबलमा सरस्वती माध्यामिक विद्यालयले प्रथम स्थान हालिल गरेको थियो । पुरुष भलिबलमा सरस्वती माबिको फितलो प्रदर्शनका कारण सर्बोदय माबि पहिलो भएको थियो । भने एथलेटिक्सका मुख्य रेफ्री अमृतमान श्रेष्ठ, भलिवलमा रेफ्री उत्सब खड्का रहेका थिए भने सवै खेलमा नमराज साह श्यामसुन्दर लामिछाने लागाएतको समुहले सहयोगी भुमीको खेलका थिए ।

सो खेलमा याङ्ग्रीमा आबासिय बिद्यालयले उत्कृष्ट प्रदर्शन गरेको थियो । ४ स्वर्ण सहित याङ्ग्रीमा माबि दोस्रो र ३ स्वर्ण सहित सरस्वती माबि तेस्रो भएका थिए । खेल चिलाउनेघारि खेल मैदान र सरस्वती माबि ग्याल्थुमको खेल मैदानमा सञ्चालन भएको थियो । गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयमध्य सो प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!