रोशन कार्की
काठमाडौं । जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने नुनजस्तो अति संवेदनशील खाद्यवस्तुको व्यापार हत्याउन ‘माफिया समूह’ नै योजनाबद्ध ढंगले लागेको भेटिएको छ । देशमा रहेको अस्थिर सरकारको फाईदा उठाउदै पछिल्लो समयमा एक व्यापारीक उच्च घरनाको फाईल बोकेर मन्त्री, सचिब र सम्बन्धित विभागका उच्च पदस्थक कर्मचारीदेखि भन्सार विभागका कर्मचारीको सेटिङमा लागेको पाइएको छ ।
नेपाभरि सरकारी स्वामित्वको ‘साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड’ ले मात्र आयोडिनयुक्त नुनको कारोबार गर्न स्विकृति पाएकोमा सो स्वीकृत खोसेर गुणस्तहिन नुनको आफुखुशी गर्न गराउनकालागि अहिले ‘ब्रिफकेश’ बोकेर पुर्वमन्त्री तथा दुगड गु्रपको प्रतिनिधि सरकारी निकायमा बाक्लो उपस्थिती जनाएको अर्थमन्त्रालयका एक अधिकारीले बताएका छन् । चोरबाटोबाट यो क्षेत्रमा प्रवेश गर्न लागेको समेत बताइएको छ ।
प्रचलित ऐन कानुन विपरीत पछिल्लो समयमा सम्बन्धित सरकारी निकायबाट स्वीकृति नै नलिई भारतमा उत्पादित नुनको बिक्री–वितरणका लागि भन्दै ‘मिलेनिया ग्लोबल कम्पनी’ ले खुला रुपमा धेरै अगाडी नै डिलरसिपको सार्वजिनक माग गरेर अहिले देशका विभिन्न स्थानमा गुणस्तरहिन नुन बेच्दै आएको भेटिएको छ ।
सो कम्पनीले उपभोक्तालाई भ्रम फैलाउदै उसको व्यापार चलाई रहदाँ समेत सरकारी निकायको कुनै ध्यान गएको छैन् । यसरी सरकारी कर्मचारीकै भित्रि मिलमतोमा दुगड ग्रुप र मिलेनिया ग्लोबल कम्पनी लगायगत अन्य कम्पनीले विना अनुमति ४९ प्रतिशत नुन नेपाल भित्राएको आँकडासाल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले राखेको छ ।
सरकारी अधिकारीलाई प्रभावित पारेर नुन व्यापारमा छिर्ने दुस्साहसमा लागेको बताइएको छ । मिलेनिया ग्लोबल नामको उक्त कम्पनी नेपाल चिनी उत्पादक संघका नाममा विवादास्पद काम गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई झुक्याउन सफल विवादिन व्यापारी शशिकान्त अग्रवालका भतिजोको नाममा रहेको कम्पनी हो ।
मिलेनिया ग्लोबल कम्पनीले गैरकानुनी तवरबाट टाटा साल्ट (नुन) को बिक्री–वितरण गर्दै आएको छ । जुन विद्यमान कानुन विपरीत रहेको कर्पोरेसनले जनाएको छ । २०७३ चैत ३ गतेको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयअनुसार नुनजन्य सामग्रीको बिक्रीवितरण साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाहेक अन्यलाई दिएको छैन ।
नुनको कारोबार साल्ट ट्रेडिङले मात्र गर्न पाउने अधिकार छ, तर माफियाहरू त्यो अधिकार फुत्काउन पाइन्छ कि भनी तीव्र लबिङमा लागिरहेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतको भनाइ छ । नेपालमा साल्ट ट्रेडिङले शक्ति, भानु र आयो नुन बिक्री–वितरण गर्दै आएको छ ।
नेपालमा भारतको हिन्दुस्तान साल्ट मात्र सक्कली कारोबार गर्ने कम्पनी भएको बताइन्छ । साल्ट ट्रेडिङले भने सोही कम्पनीसंग कारोेबार गर्दै आएको छ । यसरी देशभर अबैधरुपमा नुनको कारोबार गर्नकालागि अहिले लागि परेका व्यापारीहरुको जमघट सरकारी निकायहरुमा हुन गरेका छ ।
सरकारले आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ तयार गरेपनि सो ऐन कार्यान्वयन नगरेका कारण अबैध रुपमा नुनको कारोबार गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको राष्ट्रिय उपभोक्ता मञ्चको ठहर रहेको छ । सो मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार सरकारले ऐन नियम समयमै तयार गर्ने र तयार गरेको ऐनलाई कडाईका साथ लागु गर्ने हो भने यो विकृत्रि नआउने बताए ।
उनका अनुसार सरकार ऐन बनाएर दराजमा राखेर बसेकै कारण अत्याबश्यक बस्तुमा समेत गुणस्तरहिन बस्तुको उपभोग गर्न उपभोक्ता बाध्य भएको समेत बताए । गैरकानुनी रुपमा व्यापारीहरुले व्यवसायीहरुको स्वार्थ, राजनीतिक पहुँच र पैसाको आँडमा अखाद्य बस्तुहरुको अबैधरुपमा आयात गरि रहेको समेत मञ्चको भनाई रहेको छ । सो कुरा बुधबार राजधानीमा आयोजीत ‘अहिले नुनको बजारको अबस्था र आयोडिनयुक्त नुनको उपभोग’ सम्बन्ध अन्तरकृया कार्यक्रममा बताइएको हो ।
प्रतिक्रिया