खर्च कटौतीबाट राज्यको २४ अर्ब ५० करोड रुपैयाँ बचत हुने : अर्थमन्त्री पौडेल

- February 1, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्दा आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैया बचत हुने बताएका छन् । उनले १४ बुँदे खर्च कटौटी निर्देशिका जारी गर्दै सो कुरा बताएका हुन । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले मन्त्रालयको कार्यभार सम्हालेसँगै चालु आर्थिक वर्षको खर्चमा मितव्ययिता अपनाउन आवश्यक निर्णय लिइने बताएका थिए ।

मन्त्रालयले सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निर्णय भएको जनाएको छ । अर्थ मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने, सरकारको स्रोतबाट सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगित गर्नेलगायतका विषय समेटिएको छ । खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रमहरु स्थगन हुने अर्थ मन्त्रालयले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!