बैंकको चर्को ब्याजकै कारण ग्रील तथा स्टिल उद्योग नै बन्द हुने अवस्थामा पुग्यो : अध्यक्ष कटुवाल

- February 1, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौडा । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालले कोभिड र डेङ्गोबाट थला परेको व्यवसाय हालको आर्थिक मन्दी र चर्को बैंक ब्याजबाट नराम्रोसंग प्रभावित भै बन्द हुने अवस्थामा पुगेकोले बताएका छन् । उनले ग्रील तथा स्टील ब्यवसायी सघं मकवानपुरको १० औ साधारण सभा तथा बनभोज कार्यक्रममा सो कुरा बताएका हुन ।

उनले सरकारले तत्कालै राहतको कार्यक्रम ल्याउनु पर्ने बताउदै भारत तथा तेस्रो देशबाट आएका अबैध ग्रील ब्यवसायीका कारण बैंद्यानीक स्थापित ग्रील ब्यवसायीहरु धरासायी बन्दै गएको हुनाले त्यस्ता व्यवसायीहरुलाई कानुनी दायरामा ल्याइ ब्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघका निबर्तमान अध्यक्ष कुमार पौडेलले स्वदेशमा उद्योग खोली ठूलो संख्यामा रोजगारी दिदै आएको ग्रील उद्योगलाइ सरकारले उचित संरक्षण नगरेको बताएका छन् । सघका सल्लाकार एवम केन्द्रीय सदस्य प्रकाश पौडेलले नेपालका ग्रील उद्योगीहरुले उत्पादन गर्न सक्ने ग्रील जन्य फलामहरु समेत भारत तथा अन्य देशबाट आयात गर्दा स्वदेशी उद्योगी मारमा परेको हुनाले त्यस्ता बस्तुको आयातलाइ निरुत्साहित गर्न सरकारसंग माग गरेका छन् ।

उक्त साधारण सभामा महासघका केन्द्रीय पदाधिकारिहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य सघ उपाध्यक्ष तथा अन्य सघ सस्थाका प्रतिनिधिहरूले मकवानपुर ग्रील सघसग सहकार्य गरि अगाडि बढने प्रतिबद्धता ब्यक्त गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!