गुणस्तरहीन औषधि बिक्री गर्नेमाथी कारबाही गर्नु गराउनु : स्वास्थ्यमन्त्री गिरी

- January 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको तत्काल अनुुसन्धान र अनुगमन गरेर त्यस्तो अबैधधन्दा चलाउने माथी कडा कारबाही गर्न निर्देशन दिएका छतन् । मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङका समयमा उनले विभागलाई सो निर्देशन दिएका हुन ।

उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको र तत्कालै सो कार्य गर्न निर्देशन समेत दिएका छन् । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न समेत निर्देशन दिए ।

उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरू प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । तपाईहरूले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो । पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ ।’

यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन ।’ उनले भने, ‘गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् ।’ मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै नयाँ निर्माण गरेर अघि बढ्न निर्देशन दिए ।

उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाएर मन्त्रालयमा आउन आग्रह पनि गरे । नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने भन्दै मन्त्री गिरीले नविकरणसम्बन्धी काम अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!