एशोसिएशनकै पदाधिकारीको भुमीगत उद्योगमा टाँसिन्छ नेपाली स्टिकर र सोल : ३ करोड जोर जुत्ता चोरीपैठारीबाट आयात

- January 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘आफै चोर अझ ठूलो स्वर’ यो उखान अहिले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल नामक संस्थामा मिल्न गएको छ । चीन र भारतबाट अबैधरुपमा नेपाल भित्राएका जुत्ताचप्पललाई नेपाली उत्पादनको स्टिकर टाँसेर वा सिलाएर बजार पठाउदै खुला रुपमा उपभोक्ता लुट्दै आएको भेटिएको छ ।

पछिल्लो समयमा सो संस्थाको नेतृत्व गरेको खण्डमा भन्सारदेखि मन्त्रालयसम्मका कर्मचारी र दलका नेतासंगको अबैध साँठगाँठ गरेर विना स्टिकरका जुत्ताचप्पल नेपाल भित्राउदै आएको भेटिएको छ । पछिल्लो समयमा चीनले जुत्ताचप्पल लगायत अन्य सामानको मुल्यमा भारी बृद्धि गरेपछि अहिले अधिकाशं व्यवसायीहरुको ध्यान भारतको खुला सिमानातर्फ गएको छ ।

नेपाल भारतबीच रहेको खुला सिमानाको गलत फाईदा उठाउदै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालकै पदाधिकारीहरुले चोरीपैठारीबाट जुत्ताचप्पल नेपाल भित्राएर गोदाम गर्न थालेको आरोप लागेको छ । वार्षिक ठूलो मात्रामा जुत्ताचप्पल चोरीपैठारी गरि भुमीगत गोदाम र फ्याक्ट्रीमा लगी त्यहाबाट नेपाली जुत्ताचप्पलको स्टिकर टाँसेर पुनः बजारमा बिक्रीकालागि पठाउदै आएका छन् ।

यसरी पठाएका जुत्ताचप्पलहरु स्वरुमबाट बिक्री नभएपछि एशोसिएसनकै पहलमा तेस्रो व्यक्ती वा संस्थाको नाममा बाह्रमासे मेला समेत लागउदै आएको बताइएको छ । यसरी वार्षिक रुपमा २ करोड जोरभन्दाब बढीको जुत्ताचप्पल चोरीपैठारीबाट नेपाल भित्रने गरेको एशोसिएसनकै पदाधिकारीहरुले स्वीकारेका छन् ।

बाहिर र पत्रकार सम्मेलनमा चोरी पैठारी रोक्नु परो भन्दै हुँकार गर्ने सो संस्थाका अध्यक्ष नानीराज घिमिरेले नै चोेरी पैठारीको जुत्ताचप्पलमा आफ्नो कम्पनीको स्टिकर टाँसेर अत्याधिक मंहगो मुल्य निर्धारण गरि बिक्री वितरण गर्दै आएको आरोप अन्य जुत्ता व्यवसायीहरुले लगाएका छन् ।

लाखौ जोर जुत्ताचप्पल चोरी पैठारी गरि नेपाल भित्राउन लगाएर सोही बस्तुलाई नेपाली उत्पादनको ट्याग लगाई उपभोक्तामाथी भ्रम सृजना गरेर जुत्ताचप्पल बिक्री गर्दै आएको एक जुत्ताचप्पल व्यवसायीले नाम नलेख्ने सर्तमा बताएका छन् । ती व्यवसायीले भने,‘पत्रकार सम्मेलन र सार्वजनिक कार्यक्रममा चोरीपैठारी र बाह्मासे मेला रोक्नु पर्ने भन्दै भाषण गर्छन तर, भित्रभित्र उनै अध्यक्ष चोरीपैठारीको जुत्ताचप्पलमै उनको स्टिकर टाँसेर मंहगो मुल्यमा बेच्दै आएका छन्, अध्यक्ष घिमिरेको काम नै बाहिर एकथरी बोल्ने भित्र अर्को गर्दै आएकै कारण चोरीपैठारी नियन्त्रण हुन नसकेको हो ।’

सो सम्बन्धमा अध्यक्ष घिमिरेसंग प्रतिकृया लिनकालागी पटकपटक फोन सम्र्पक गर्दा उनको ‘फोन सम्र्पक हुन सकेन’ भन्ने सन्देशमात्र आयो । अर्कोतर्फ देशको मागलाई धान्न सक्ने गरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्न सकिने भन्दै झुटा विवरण सरकारी निकायम पेश गरेर सरकारी अनुदान समेत केही व्यवसायीहरुले मात्रा लिदै आएको भेटिएको छ ।

भारत र चीनबाट ‘बेनाम’ का जुत्ताचप्पलको सोल र माथिको भाग जोड्नमात्र बाँकी राखेर नेपाल भित्राउने र सोही सामानलाई भुमीगत रुपमा राखिएका प्mयाक्ट्रीमा लगी आफ्नो कम्पनीको नाम र सोल टाँसेर नेपाली उत्पादनको नाम दिई ठगी गर्दै आएको समेत बताइएको छ ।

पछिल्लो समयमा चीनले आयात निर्यातमा कडाई गरेपछि नेपाली व्यवसायीहरु भारततर्फ केन्द्रीत भएका हुन । खुला सीमाबाट चोरीपैठारी र न्यून बिजकीकरण गरि सहजै रुपमा नेपालमा सामान भित्राउन पाउने भएकाले सो नेपाली व्यवसायीहरु भारतर्फ आर्कषित भएसंगै ठूलो मात्रामा सामान विनाभन्सार आयात गरेको आरोप लागेको छ ।

यसरी चोरी पैठारीको माध्यमबाटमात्रै आर्थिक वर्ष २०७८/७९ मा २ करोड ५९ लाख ८७ हजार १ सय ६३ जोर जुत्ताचप्पल नेपाल भित्रिएकोमा २ करोड २५ लाख १२ हजार ८ सय ३७ जोर जुत्ताचप्पल चोरीपैठारीबाट व्यापारीहरुले भित्राएको भेटिएको छ । यसरी बाहिर भनाई एउटा र भित्र अर्को गराई गर्दै आएका तिनै पदाधिकारीहरुले भन्सार नाका रहेका सुरक्षाकर्मीको गस्ती, जिल्ला प्रशासन प्रमुखका प्रमुख, भन्सार कार्यालयका प्रमुखदेखि जाँचकीसम्मलाई सेटिङ मिलाएर अधिकाशं जुत्ताचप्पललाई कच्चा पदार्थको नाममा नेपाल भित्राउदै आएका छन् ।

जुत्ता संघभित्र चर्कियो विवाद : कार्यसमितिबाटै विधान मिचेको आरोप

बाह्रमासे जुत्ताचप्पल मेलामा सहभागी हुने सदस्यमाथी कारबाही गरिने : फुटवेयर एशोसियसन

भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेला: स्वदेशी उत्पादनकाे नाममा खुला ठगी

चोरीपैठारीका जुत्ताचप्पलमा ‘स्वदेशी ट्याग’ : एशोसिएसनकै पदाधिकारीको संलग्नता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!