अस्थीर ब्याजदरका कारण व्यवसायीमा आत्मदाहदेखि पलायन हुने खतरा बढ्यो : महासंघ

- January 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटि उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको जनाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्री भण्डारीबीच भएको भेटवार्तामा अस्थीर ब्याजदरका कारण विशेषगरि साना व्यवसायी अत्यन्त प्रताडित हुनुु परेको बताएका छन् ।

इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गै मुद्रा स्फितिमा समेत चाप परेको अध्यक्ष गोल्छाले मन्त्री भण्डारीलाई अबगत गराएका छन् । उनले उद्योगहरुमा अघोषित लोडसेडिङ कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यकालागि आग्रह गरिएको छ । महासंघको पहलमा तयार भएको स्टार्ट अपनीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत सो आग्रह गरिएको छ ।

मन्त्री भण्डारीले स्टार्ट अपनीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए । महासंघले प्रधानमन्त्री पुष्पकमल दाहकालको आशन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिन समेत आग्रह गरिएको छ ।

भारतले अहिले गहुंआयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिइएको छ । नेपालबाट भारत निर्यात गर्दा जारि हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघका तर्फबाट आग्रह गरिएको छ ।

मन्त्रालयसंगको साझेदारी अनुसार सबै प्रदेश माइन्कुवेसन केन्द्र स्थापनागर्न महासंघसंग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुु पर्ने धारणा राखेको छ । साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरिएको छ ।

मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुुझावलाई आफूले अगाडी बढाउने र महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए । मन्त्री भण्डारीले वन्द हडताल एवं लोडसेडिंङका कारण उत्पादन वन्दहुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन दिइ । यसैगरि बजेटको मध्यावधि समिक्षा मार्पmत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने जानकारी पनि उनले दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!