व्यवसायीद्वारा बैंकिङ आतंक बन्दको माग राख्दै सडकमा उत्रिए

- January 30, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले आफुहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा बैक तथा वित्तिय संस्थाका विरुद्धमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देउ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगायत लेखिएका प्लेकार्ड सहति प्रदर्शन उत्रिएका छन् ।

उनीहरुले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफुहरु भने सधै घाटामा गएको गुनासो उनीहरुले गरेका छन् । ‘बैंक सधै नाफामा उद्योगी व्यवसायी घाटामा’ यो प्लेकार्डसहित सोमबार काठमाडौं उपत्यकाका व्यवसायी माइतीघर मण्डलामा नाराजुलसमा उत्रिएका हुन ।

गत हप्ता आत्मादाह गर्ने प्रेम प्रसाद आचार्यको माग सम्बोधन गर्नेदेखि ब्याजदर घटाउनेसम्मका मागहरु उनीहरुका थिए । प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले सरकारले उद्योगी तथा व्यापारीहरुलाई संरक्षण गर्न नसकेको आरोप लगाए ।

व्यवसायीमैत्री अर्थनीति नल्याउनु र नेपाल राष्ट्र बैंकले मा्रद्रिक नीतिमा साना तथा मझौला उद्योगी व्यवसायीको हित संरक्षणमा ध्यान नदिदाँ अर्थतन्त्र नाजुक बनेको उनीहरुको टिप्पणी थियो । विशेषगरि, सरकारका गलत नीति र ऋण तिर्न नसक्दा बैंकहरुले कालोसूचीमा राख्न गर्ने सिफारिसदेखि लिएर चर्को व्याजदरको विरोधमा आफ्नो व्यापार व्यवसया बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!