बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा बिरामी कुरुवासंग ५ सय रुपैयाँ असुली

- January 30, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वार्डमा उपचारकालागि राखिएका प्रति बिरामी कुरुवासंग ५ सय रुपैयाँ रकम असुली गरिएको छ । सो अस्पतालले धरौटीको नामममा सो रकम असुली गर्दै आएको छ । बिरामी कुरुवाहरुले रकम दिएपछिमात्र बिरामी कुरुवा पास दिने भन्दै सूचना जारी गरेको छ।

प्रतिष्ठानले माघ १० गते सूचना जारी गर्दै कुरुवाले ५ सय रुपैयाँ धरौटी राख्नु पर्ने नियम लागू गरेको हो । प्रतिष्ठानले जारी गरेको सूचनामा अस्पतालको इमर्जेन्सी वार्डमा अनावश्यक भिडभाड बढेकोले त्यसलाई न्यूनीकरण गर्न कुरुवा पास अनिवार्य गर्ने नियम लागु गरिएको उल्लेख छ ।

सूचनामा ‘प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीहरू सँग आउने कुरुवाहरूको इमर्जेन्सीभित्र अनावश्यक भिडभाड हुँदा अस्पताल जस्तो संवेदनशील स्थानमा गुणस्तरीय एवं प्रभावकारी असर हुन्छ । तसर्थ मिति २०७९÷१०÷१५ गते देखि लागू हुने गरी कुरुवा पास लिएका कुरुवाहरूलाई मात्र इमर्जेन्सीमा प्रवेश गर्न दिइने छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!