आम्दानीभन्दा खर्च बढी : तलब खुवाउन नसक्ने अबस्थामा सरकार

- January 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशको अर्थतन्त्रमा प्रायः ‘कोमा’ मा पुगी सकेको अबस्था रहेको पछिल्ला आर्थिक गतिविधिबाट देखिएको छ । सरकारले देशको अर्थतन्त्रको विकासकालागि गर्नु पर्ने सामान्य काम समेत सही समयमा सम्पादन नभएकै कारण र विपत्तपछि गर्नु पर्न कार्य समेत नगरेका कारण सरकारले कर्मचारीलाई समेत तलवभत्ता नै खुवाउन नसक्ने अबस्थामा पुगेको तथ्याङकले देखाएको छ ।

माघको मध्यसम्ममा सरकारी आम्दानीभन्दा खर्च बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयले उपलव्ध गराएको माघ १५ गतेसम्मको तथ्यांक अनुसार राजश्व संकलनभन्दा खर्च बढी भएको उल्लेख छ । गत साउनदेखि माघ १५ गतेको तथ्यांक अनुसार सरकारको आम्दानीभन्दा खर्च १ खर्ब रुपैयाँभन्दाबढीले भएको देखिएको छ ।

अहिलेसम्मको संघीय सरकारको कोषको तथ्याङक अनुसार आम्दानी ५ खर्ब ७ अर्ब ५४ करोड ९० लाख रुपैयाँ रहेको छ भने खर्च ६ खर्ब १३ अर्ब ७७ करोड १४ लाख रुपैयाँ रहेको छ । अहिलेसम्म संघीय सरकारको कोष १ खर्ब ६ अर्ब २२ करोड २४ लाख रुपैयाँले घाटामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारको आम्दानीअन्तर्गत राजस्वबाट ४ खर्ब ७१ अर्ब ४७ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ ।

यो लक्ष्यको ३३ दशमलव ६ प्रतिशत हुन आउछ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।अर्कोतर्फ चालु आर्थिक वर्षको माघ १५ गतेसम्ममा सरकारी बजेट खर्च साढे ४१ दशमलव १५ प्रतिशतले मात्रा भएको छ । महालेखा नियन्त्रकका अनुसार सो अबधिमा ४ खर्ब ८६ अर्ब ८४ करोड ५० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

चालु आवका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएको थियो । त्यस्तै, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म १५ दशमलव ५५ प्रतिशत अर्थात ५९ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म २९ दशमलव ४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यही अवधिसम्म सरकारको राजस्व सङ्कलन ३३ दशमलव ६ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम चार खर्ब ७१ अर्ब ४७ करोड १४ लाख रुपैयाँ बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ ३२ दशमलव ६६ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब १३ करोड १९ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ४४ दशमलव ८५ प्रतिशत अर्थात् ४८ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ उठेको छ ।

चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा हालसम्म ४८ करोड रुपैयाँ बराबरको अनुदान संकलन भएको छ । सरकारले विदेशी मुद्रास सञ्चितीमा कमि भएको भन्दै विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाउँदा रावश्वमा ठूलो असर परेको जानकारहरु बताउँछन् ।

विदेशी मुद्राको सञ्चिती र तरलता अभावका कारण देखाउँदै सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न वस्तुको आयातमा लगाएका थियो । यस्तो रोक पुस १ गतेबाटै हटाएको छ । भन्सार मात्र नभएर आन्तरिक राजस्व समेत खुम्चिएको अर्थ मन्त्रालयले जनाएको छ । सामान्यतया आन्तरिक राजस्व खुम्चिनुलाई विज्ञहरु अर्थतन्त्रमा आएको संकचुन मान्ने गर्छन् ।

सरकारले हरेक वर्ष २० प्रतिशत भन्दा बढी राजस्व उठाउने गरी लक्ष्य तोकेको छ । सरकारको आम्दानीभन्दा खर्च बढी भएपछि खर्च धान्न सरकारले स्थानीय तह र प्रदेश सरकारका नाममा विनियोजन गरेको रकम खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थविद्हरुका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि जारी गरेको बजेटका कारण राजश्व संकलनमा कमी आएको दाबी गरेका छन् । सरकारले ल्याएको बजेटकै कारण भन्सार राजश्व न्यून संकलन हुनुनै सरकारकालागि घाटा लागेको अर्थबीद्हरुको भनाई रहेको
छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!