सुदुरपश्चिम र कर्णालीमा संघिय विभेद

- January 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– गोरखबहादुर बीसी

नेपालको ऐतिहासिक पृष्ठभूमि केलाउँदा सुदुरपश्चिम कर्णाली विश्वकै सभ्यता, संस्कृतिको लागि अग्रस्थान क्षेत्र हुन । लगभग नेपालको सिमांकनमा पनि आधा नेपाल ओगटेको छ । नेपालको केन्द्रिकृत राज्य व्यवस्थाको विरोधमा कर्णाली करिडोरका जनताहरुले रक्तपातपूर्ण बलिदानले संसारको बलियो शाह बंशीय राजतन्त्र ढलेको कुरा हामीले विर्शन हुँदैन । तर, यसको नेतृत्व प्रचण्ड र बाबुरामले गरेका थिए । यो आन्दोलन खस राज्य खस सभ्यता र संस्कृतिसंग जोडिएकोले खस राज्यको धर्म संस्कृति र परम्परा एवं मानविय सभ्यता तहस नहस गर्ने काम भयो । माओवादको नाममा पश्चिममा किस्चियनहरु फैलाउने काम भयो । किस्चियनहरुले आन्तरिक रुपमा आर्थिक सहयोग गरेर हाम्रो सनातन सभ्यता र उस्काउने र भत्काउने काम भयो । माओवादी पार्टी पनि १० टुक्रा पनि भयो । मैले माओवादी पार्टीलाई मात्र होइन । नेपाली कांग्रेसको केही ग्रुप र एमालेको केही ग्रुपहरु पनि जोशीटा टु प्रोजेकटसंग जोडिएको हुनाले नेपालको सबै संरचनाहरु ध्वस्त भएका छन् ।

विश्व अहिले शित युद्धमा छ । यस छायाँ युद्ध भन्दछन् छायाँ यद्ध अर्ध सुचना प्रविधि पहुँच तेस्रो मुलुकमा लागु गर्नु, टिकटक, फेसबुक आदि प्रविधिको विकास गरि विश्वका तेस्रो मुलुकमा गलत प्रविधिको प्रचार गरेर त्यहाँ यूवा, यसवतीहरुलाई नराम्रो असर पर्ने प्रविधि पनि छाडापनले त्यो देशको धर्म, संस्कृति र सभ्यतालाई तहस नहस बनाउने कम भएकोले त्यस देशको यूवा जनशक्तिहरु भ्रम र शब्द जाल, एवंम अनभिज्ञताले गर्दा आफ्नोपन, मौलिकता एवंम आप्mनो देशको पहिचान समेत भूलेर अनेक थरिका विषयमा रमाउँदाको परिणामले गर्दा विश्व तेस्रो मुलुक नेपालमा पनि परेकोले आज हाम्रो देश हरेक क्षेत्रमा कष्ठदायीक छ । मैले यहाँ उठान गर्न खाजेको कुरा विश्व कै केन्द्र भूमि कर्णाली करिडोर (कर्णाली तथा सुदुरपश्चिम क्षेत्र) सांस्कृतिक रुपमा अहिले कोलोलाइजेसन जस्तै छ । विदेशी संघ÷संस्थाको खेल मैदान भएको छ । यो पहिला नेपालको पूर्वी क्षेत्र भइसकेको कुरा हो ।

नेपालको पूर्व क्षेत्रको सभ्यता, संस्कृति माथि प्रहार गर्दै मधेश तराई क्षेत्र प्रवेश हुँदै कर्णाली प्रदेशमा छिर्न सफल भएको हो । आज सुदुरपश्चिम वा कर्णालीमा विदेशी प्रोजेक्ट चलाउने नै ठूलो मान्छन् र। यो हुनु भनेको वाध्य प्रभाह र वाह्य शक्तिहरुको दास हुनु सो सरह हो । हुन त, समस्यासंग जोडिएका केह विषयवस्तु हुन्छन् ति विषयवस्तुहरु विद्रोह निम्त्याउछन् त्यो विद्रोहको रुवरुप भिमदत्त पन्तले किसान आन्दोलन गरे भारतीय सेनाले त्यो आन्दोलनलाई समाप्त पारियो यस्तै आन्दोलन बझाङका राजा ओमजंग सिंहले पनि गरे, तर त्यसको परिणाम आउन यसको अर्थ पिडा र समस्या एवम् अधिकारसंग जोडिन्छ । पिडा र समस्यासंग जोगिए। विशेषतः कर्णाली प्रदेश (राज्य) कर्णाली वास्तविक सभ्यता, संस्कृति, धर्म एवम् परम्परागत संस्कारलाई तोड्न यूरोपियनको लगानीमा माओवादीको नाम माओवादी आन्दोलन कर्णालीबाट शुरु भएको मात्रै होइन विश्वको शक्तिशाली राजतन्त्र अन्त्य समेत गर्ने काम भयो ।
कर्णालीका जनता वि.स. १४५० खस राज्य विघटन भईसकेपछि हरेक क्षेत्रमा पिडा र समस्याग्रष्ट नै छन् । माओवादीलाई बलिको बोको बनाएर नेपालमा मात्रै विश्वकै सम्पदा, संस्कृति एवम् धर्मको मूल स्थान पश्चिममा किस्चियनहरुले मानविय सभ्यताको स्थान छियाँ छियाँ पारेको, त्यस्तैमा केही ठग रमाए पनि जनताका पिडाहरु झन्झन् बल्जी रहेका छन् । हुन त, नेपालमा हरेक क्षेत्र जाति, हिमाल, पहाड, तराई छन् । तर, विडम्बना सुदुर पश्चिम र कर्णालीमा जत्तिको अरु क्षेत्रमा छैन भन्ने मलाई लाग्छ । यो विषय मैले किन उठान गरेको भने देश संघियतामा छ । अहिले नेतृत्व गर्ने दलहरु संघियताको मोडेलमा छैनन्, उही पुरानो केन्द्रिकृत सोच र प्रकृयामा नै छन् । सिंगो राष्ट्रको नेतृत्वमा आधा नेपाल आझेलमा परेको छ । संघिय संरचनामा राज्य बाँडफाँडको कुरा मिलेन । संघिय शब्द भनेको सबै क्षेत्र, जाती, बर्ग जोडिनु पर्दछ । तर, राष्ट्रपति उपराष्ट्रपति सभामुख, उपसभामुख या कुनैपनि संवैधानिक निकायमा क्षेत्रगत, जातीगत, प्रादेशिकगत हुनु जरुरी पर्दछ तर गरेनन् । यो हुनु भनेको पश्चिम नेपाललाई अपमान गरे सो सरह हो । जनताले बुझ्न जरुरी छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!