ग्रील तथा स्टिल व्यवसायी सघ कमलपोखरी शाखाको अध्यक्षमा ठाकुर चयन

- January 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ कमलपोखरी शाखाको तेस्रो अधिबेसनबाट महेश ठाकुरलाई अध्यक्षमा चयन गरेको छ । सो शाखाको नयाँ कार्यसमितिको उपाध्यक्षमा पिताम्बर सुनुवार र मन्जुर खान, सचिबमा कमल शर्मा, कोषाध्यक्षमा किरण राजबंशी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमस : राम प्रबेश शर्मा, सुधामा शर्मा र श्याम शर्मा निर्वाचित भएको संघले जनाएको छ । नयाँ कार्यसमिति चयन पछि केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायीका समस्याहरु प्रति सरकार उदासिन रहेको हुँदा ब्यवसायिहरुमा निरासा छाएको र सबै ग्रील उद्योगीहरुलाइ सहज किसिमले कानुनी दायरामा आउने बाताबरण बनाउन सरकारको ध्यानाकर्षण गराउदै यस क्षेत्रमा परेका समस्या समधान गर्न लागी रहने बताएका छन् ।

सरकारको विभेदपुर्ण नीतिका कारण ग्रील तथा स्टिल उद्योग धरासायी : अध्यक्ष कटुवाल


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!