उद्योगी–व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र (सूची सहित)

- January 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रमात्र नभई एकै व्यक्तीले विभिन्न संघसस्थामा बसेर आफुखुशी काम गर्दै आएको भेटिएको छ । गभर्नर महाप्रसाद अधिकारीले बैंकर र व्यवसायी नछुट्टिँदा बैंकिङ क्षेत्रमा समस्या देखिएको सार्वजनिक गरि रहेकै अबस्थामा एउटै व्यक्तिको बैंक, बिमा, ब्रोकर, सिमेन्ट, छड, मिडियाजस्ता क्षेत्रमा लगानी रहेकाले समस्या समधान भन्दा पनि झन बल्झिदै गएको ठहर उनको रहेको छ ।

गभर्नर अधिकारीले एउटै मानिसले विभिन्न क्षेत्रमा लगानी गर्दा नेपालको अर्थतन्त्रमै कालान्तरमा ठूलो समस्या आउनेतर्फ पनि सचेत गराएको लामो समय नवित्दै माघ १० गते मंगलबार नयाँ बानेश्वरमा युवा व्यवसायी प्रेम आचार्यले आप्mनै शरिरमा आगो लगाई आत्महत्या गरे । त्यसको मुख्य कारण हो बैंक वित्त क्षेत्र एकै व्यक्तीको कव्जामा रहेका कारण सो घटना हुन पुगेको बताइएको छ नेपालका बैंकिङ क्षेत्र २० ठूला घरानाको कब्जारमा रहेको छ ।

चौधरी ग्रुप

नेपालका एक मात्र अर्बपतिका रूपमा प्रचार गर्दै आएका नेपाली काँग्रेसका सासद विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी ग्रुपको कब्जामा ६ वटा फाइनान्सियल क्षेत्र रहेको छ । नबिल बैंक, नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स, कर्पोरेट बैंकिङ सर्भिस, सिजी फिन्को र युनाइटेड रेमिट चौधरी ग्रुपको स्वामित्वमा छ ।

उनीहरूले कुनै पनि बैंकिङ नीतिमा आफ्नो स्वार्थ घुसाउदै आएका छन् भने चौधरी नेपाल उद्योग वाणिज्य महासंघको पुर्वअध्यक्ष हुन भने पछि दोस्रो कार्यकालकालागि अध्यक्षमा हारेपछि महासंघको समान्नतर संस्था नेपाल उद्योग परिसंघ स्थापना गरेर संस्थापक अध्यक्ष समेत हुन ।

केडिया ग्रुप

हिरालाल केडिया नेतृत्वको केडिया ग्रुपको कव्जामा ५ वटा वाणिज्य बैंक र एक क्यापिटल मार्केट रहेको छ । केडिया अर्गनाइजेसन ग्रुपले सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, एनएमबी बैंक, मेगा बैंक र नबिल बैंकमा ठूलो लगानी गरेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडमा लगानी गरेको छ ।

विशाल ग्रुप

विशाल ग्रुपको कव्जामा २ वटा वाणिज्य बैंक रहेका छन् । एउटा पूर्वाधार विकास बैंक छ । विशाल ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवाल बैंक मर्ज नहुँदा अगाडी एनआईसी एसिया बैंकको अध्यक्ष थिए । उनकै नेतृत्वको विशाल ग्रुपको लगानी एनआईसी एसिया र एनएमबी बैंक रहेको छ ।

गोल्यान ग्रुप

नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष समेत रहेका पवनकुमार गोल्यान अर्थात गोल्यान ग्रुपको कव्जामा २ वाणिज्य बैंक १ वटा विकास बैंक रहेको छ । सो ग्रुपभित्र एनआईसी एसिया, एनएमबी बैंक र लुम्बिनी विकास बैंक रहेको छ ।

खेतान ग्रुप

राजेन्द्र खेतान नेतृत्वमा रहेको खेतान ग्रुपको कव्जामा ३ वटा वाणिज्य बैंक रहेको छ । लक्ष्मी बैंक, हिमालयन बैंक र नेपाल बैंकमा लगानी गरेको सो समूहको सबैभन्दा बढी लगानी लक्ष्मी बैंकमा रहेको छ । सोही समूहले लक्ष्मी माइक्रोफाइनान्स खोलेको छ ।

दुगड ग्रुप

मोतीलाल दुगड नेतृत्वको दुगड ग्रुपको कव्जामा ३ वटा वाणिज्य बैंक रहेकोे छ । कुमारी बैंक, प्राइम कमर्सियल बैंक र सनराईज बैंकमा लगानी रहेको छ । मोतीलाल दुगड, उनका भाइ मालचन्द्र दुगड पनि सोही बैंकका सञ्चालक समिति सदस्य छन् ।

आइएमई ग्रुप

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकाल नेतृत्वको आइएमई ग्रुपको कव्जामा ग्लोबल आइएमई बैंक रहेको छ । ढकालको चाहनाअनुसार नै सीईओदेखि कर्जा विस्तारसमेत हुने गरेको बताइन्छ । ग्लोबल बैंकका अलावा राष्ट्र बैंकको नियमनभित्रै रहेको आइएमई रेमिट्यान्स र ग्लोबल रेमिट ढकालकै स्वामित्वमा छ ।

राष्ट्र बैंकको मर्जर नीतिलाई सघाउने नाममा ढकालले ५ वटा वाणिज्य बैंक ग्लोबल आइएमई बैंकमा बिलय गराइसकेका छन् । उनले नेपालको नीति निर्माण तहमा ठूलो हस्तक्षेप गर्दै आएको हल्ला चल्ने गरेको छ । सरकारी अड्डाका अधिकांश हाकिमसँग उनको राम्रो हिमचिम रहेकाले आफूले चाहेको नीति ल्याउन सक्ने हैसियतमा रहेको बताइन्छ ।

प्रभु ग्रुप

गैरआवासीय नेपाली देवी भट्टचन नेतृत्वको प्रभु ग्रुपको कव्जामा प्रभु बैंक रहेको छ । प्रभु बैंक, प्रभु फाइनान्स हुँदै ‘क’ वर्गको वाणिज्य बैंक बनेको हो । सो बैंकले ग्रान्ड र किस्ट बैंक मर्ज भएको छ । प्रभु क्यापिटल, प्रभु मनी ट्रान्सफर र प्रभु ग्रूप इन्क यूएसए पनि सञ्चालन गरेको छ ।

शारडा ग्रुप

शारडा ग्रुपको कव्जामा ३ वटा वाणिज्य बैंक रहेको छ । शिवरतन शारडा नेतृत्वको सो ग्रुपको लगानी कुमारी बैंक, एनएमबी बैंक र सन्राइज बैंकमा रहेको छ ।

त्रिवेणी ग्रुप

पुरुषोत्तमलाल संघाई नेतृत्वको त्रिवेणी ग्रुपको कव्जामा एनआईसी एसिया बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंक रहेको छ ।

सानिमा ग्रुप

एनआरएनको लगानीमा रहेको सानिमा ग्रुपको कव्जामा सानिमा बैंक र सानिमा क्यापिटल रहेको छ ।

केसी ग्रुप

सुदर्शनलाल महर्जन र राजु चौधरीले सञ्चालन गरेको केसी ग्रुपले माछापुच्छ्रे बैंकमा लगानी गरेको छ ।

भाटभटेनी ग्रुप

मीनबहादुर गुरुङको नेतृत्वमा रहेको भाटभटेनी ग्रुपको कव्जामा पनि कुमारी बैंक रहेको छ ।

चाचन ग्रुप

आदित्य चाचनको नेतृत्वमा रहेको चाचन ग्रुपले सनराइज बैंक र महालक्ष्मी विकास बैंकमा लगानी गरेको छ ।

महतो ग्रुप

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो नेतृत्वको महतो ग्रुप अफ इन्डस्ट्रीले पनि सानिमा बैंक र माछापुच्छ्रे बैंकमा लगानी गरेको छ ।

मुक्तिश्री ग्रुप

अजय सुमार्गी नेतृत्वको मुक्तिश्री ग्रुपले महालक्ष्मी विकास बैंकमा लगानी गरेको छ ।

युनिभर्सल ग्रुप

नारायण पगार्नी नेतृत्वको युनिभर्सल ग्रुपको पनि कुमारी बैंक र एनएमबी बैंकमा लगानी छ ।

राणा ग्रुप

राणा समूहको हिमालयन बैंकमा, पाण्डे समूहको नेपाल इन्भेस्टमेन्ट बैंकमा, इच्छाराज तामाङको सिभिल बैंकमा, बीके श्रेष्ठको एभरेष्ट बैंकमा र नूतन राणाको कुमारी बैंकमा लगानी रहेको छ ।

व्यवसायी र बैंकर्स एकै व्यक्ती : मारमा ऋणी, आत्मदाहसम्म…


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!