वाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारकालाई दिने भनेको विभूषण रद्ध

- January 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभुषण भनसुन र खरिद गर्ने र आफन्तलाई प्रदान गर्दे आएको आरोप खेख्दै आएको छ । अदालतमा मुद्दा परेका, प्रहरीको फरार सूचीमा रहेका, नेपाली नागरिकता त्यागेर विदेशी नागरिक बनेका र भ्रष्टाचारको आरोप लागेकालाई उपलव्ध गराउदै आएसंगै विभुषणको महत्वनै अर्थविहिन बन्न पुगेको छ ।

सरकारले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तीलाई पदक प्रदान गरिदै आएको छ । यसैबीच, सरकारले उपलव्ध गराउने विभुषणको सूचीबाट केही उद्योगी व्यापारीको नाम रद्ध गरेको बताइएको छ । यसरी विभुषणकालागि ठूलो रकम खर्च गरेर सम्मानित हुन खोजेको आरोप लाग्दै आएका नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारकाको नाम रद्ध गरेको भेटिएको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, सुरक्षाकर्मी हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको जनाको विभूषण रद्ध गर्ने निर्णय गत साता बसेको बैठकले गरेको हो । विभूषण रद्ध गरिएकाहरुमा सशस्त्रका असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका छन् ।

शेरबहादुर देउवा नेतृत्व सरकारले गरेको विभूषण दिने सूचीमा रहेका केही व्यक्तिहरु विवादित रहेका भन्दै आलोचना भएपछि उनीहरुको नाम रद्ध गरिएको बताइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्ध भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाइएको छ । हत्याको आरोप लागी प्रहरीको फरार सुचीमा रहेका कोइरीलाई ‘प्रबल जनसेवाश्री’ बाट सम्मान गर्न लागेको थियो ।

एमालेका सांसद कोइरीलाई २०७२ भदौ २५ मा मधेसमा भएको सरकार विरोधी प्रदर्शनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्याको अभियोग लागको छ । महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालत जनकपुरमा जिल्ला अदातलतको आदेश उल्ट्याउँदै उनलाई तत्काल पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसयता उनी प्रहरीको फरार सूचीका अभियुक्त हुन । तर विभिन्न सार्वजनिक कार्यक्रमदेखि संसदमा उपस्थित भइरहेका छन् । उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । महासंघका पूर्वअध्यक्ष मुरारकामाथि खानी दोहनको अभियोगका मुद्दा लागेको छ । उनी विरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

मुद्दा फैसला नहुँदै मन्त्रिपरिषद्ले मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण दिने घोषणा गरेको थियो । यो पदक नेपालको यश, श्रीवृद्धि, हित र उत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत दिइन्छ । तर, उनीमाथि भ्रष्टाचार मुद्दा भएको भन्दै गृह मन्त्रालयले उनलाई दिएको पदक खोस्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

मुरारकाको प्रमुख लगानी रहेको सिद्धार्थ मिनरल्स प्रालिले सिमेन्ट खानी सञ्चालन गर्दा राज्य स्रोत दोहन गरेको भन्दै उनीसहितका उद्योगीमाथि अख्तियारले मुद्दा दायर गरेको थियो । विभूषण रद्ध हुनेमा अर्का व्यापारी चिराग गोयल रहेका छन् । प्रवल जनसेवाश्री दिने घोषणा गरिएका गोयललाई योग्यता नपुगेको भन्दै रद्द गरिएको छ ।

एउटा पदक पाएको दुइवर्ष पुरा नुहँदै अर्को पदक दिन नमिल्ने व्यवस्थाअनुसार गतवर्ष जनसेवाश्री पदक पाइसकेकाले उनको नाम रद्ध गरिएको बताइएको छ । त्यस्तै प्रवल जनसेवाश्री रद्ध गरिएका भिमोदय नमूना माबी चितवनका शिक्षक हरिप्रसाद कँडेल र जननमुना माबी सुर्खेतका शिक्षक यामबहादुर श्रेष्ठ भ्रष्टाचार आरोपमा अनुसन्धानमा भै रहेको छ ।

अर्का प्रवल जनसेवाश्री रद्ध गरिएका कर्मचारी शेरबहादुर श्रेष्ठ तत्कालिन अवस्थामा भू तथा जलाधार व्यवस्थापन कार्यलय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका व्यक्ती हुन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!