चोरीपैठारीका जुत्ताचप्पलमा ‘स्वदेशी ट्याग’ : एशोसिएसनकै पदाधिकारीको संलग्नता

- January 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

 

काठमाडौं । सरकारले हरेक वर्ष आन्तरिक उद्योग प्रवद्र्धन गर्न बजेटमा उच्च प्राथमिकता दिदै आएपनि नेपाली उद्योगको नाममा सहुलियत लिने र चोरीपैठारीबाट सामान भित्राउदै उपभोक्ता ठगी गर्ने अबैधकार्यले देशमा उच्च प्राथमिकता पाएको छ । यसरी स्वदेशी उत्पादनको नाममा सरकारबाट विभिन्न् शिर्षकमा सहुलियत लिदै खुला सिमानाको अबैध फाईदा पछिल्लो समयमा जुत्ताचप्पलको उद्योग सञ्चालन गरेका व्यापारीले लिदै आएको विवरण तीव्रखबरलाई प्राप्त भएको छ ।

सो विवरण अनुसार बाह्रैमास ‘सेल मेला’ को नाममा भृकुटीमण्डपको चौरमा ‘जात्रा’ गर्दै आएको ‘फुटवेयर म्यानुप्mयाक्चर्स एशोसिएसन अफ नेपाल’ नामक संस्थाकै जिम्मेवार पदाधिकारीहरुले अहिले भारतको खुला सिमानाको गलत फाईदा उठाउदै चोरीपैठारीबाट जुत्ताचप्पल ठूलोमात्रामा नेपाल भित्राएको भेटिएको छ ।

यसरी अबैध रुपमा भन्सार छली, चोरीपैठारी र न्यून भन्सार मुल्याङकन गरि नेपाल भित्राईएका जुत्ताचप्पलमा व्यवसायीले ‘स्वदेशी उत्पादनको लोगो’ टास्दै अत्याधिक महंगो मुल्य निर्धारण गरेर उपभोक्ता ठगी गर्दै आएको समेत आरोप उनीहरुमाथी लगाइएको छ । निजी क्षेत्रले आन्तरिक खपत र निर्यातका लागि प्राथमिकता तोकेरै उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्छ भन्दै आएकाहरुनै नेपालमा उत्पादन गर्नेभन्दापनि चोरीपैठारीकै सामानलाई स्वदेशी उत्पादनको लोगो टाँसेर उपभोक्तादेखि सरकारलाई समेत भ्रममा पारेर ठगीधन्दा चलाउदै आएको आरोप लागेको छ ।

मुलुकभर वार्षिक १५ करोड जोर जुत्ता–चप्पलको माग रहेको विभिन्न आँकडाबाट देखिएपनि सो माग धान्न स्वदेशी उद्योगका रुपमा दर्ता भएका कम्पनीहरुले नसक्ने भएपछि भन्सार कर्मचारीसंगको सेटिङ मिलाएर जुत्तालाई ‘सोल’ संग टाँस्नमात्र बाँकी राखेर कच्चा पदार्थको नाममा नेपाल भित्राउने गरेको एक अनुसन्धानले देखाएको छ ।

आफुलाई जुत्ताचप्पलको ठूलो उद्योगीका रुपमा परिचय दिन रुचाउने ८/१० जना व्यापारीहरुले अहिले भन्सार कर्मचारीको मिलिमतोमा जुत्ताको माथिल्लो भाग र तल्लोभागलाई नजोडी न्यूनभन्सार गरेर भित्राउदै आएको बताइएको छ । यसरी भित्राएका जुत्तालाई भुमीगत रुपमा राखिएका उद्योगभित्र लगेर स्वदेशी स्टिकर र सोल जोडेर बजारमा बिक्रीकालागि पठाउदै आएको आरोप व्यवसायीमाथी लाग्दै आएको छ ।
अहिले मुलुकभर १ हजार ५ सय वटा जुत्ता–चप्पल उद्योग रहेको बताइएको छ । यी उद्योगमा सामान्यदेखि स्तरीय जुत्ता उत्पादन गर्ने गरेको दाबी गरेपनि अधिकाशं जुत्ताचप्पल चोरीपैठारीबाटै नेपाल भित्रदै आएको छ । सो संख्या सडकमै चल्ने साना उद्योगलाई समेत समेटिएको छ । तर, व्यवसायीक रुपमा उद्योग खोलेर स्वदेशी उद्योगको नाममा सरकारी सहुलियत लिनेमा भने २४० वटा मात्रा रहेको बताइएको छ ।
खुला सिमानाका कारण भारतबाट साइकल, रिक्सालगायतका अन्य साधनमा प्रयोग गरी चोरी पैठारी गरेर सिमा नाकाबाट बोराका बोरा जुत्ता–चप्पल भित्रिरहेको बताइएको छ । यसरी भित्राइएका जुत्ताचप्पलको न भन्सार महसुल तिर्छन् न त कर ! त्यही जुत्ता–चप्पल नेपाली बजारमा ल्याएर नेपाली उत्पादनको स्टिकर टाँसेर मेला लगाउदै अत्याधिक मंहगोमा बिक्री गरिदै आएको बर्षै भै सकेको छ ।

सरकारी निकायमा दर्ता भएका उद्योगहरू नामका मात्र रहेका छन् । तिनले उद्योग दर्ता त गरेका छन्, तर भारतबाट सोल र अपर ल्याउदै एउटा कोठामा पाँच/सात जना कामदार राखेर त्यही सोल र अपरलाई गम टाँसेर ‘मेड इन नेपाल’ भन्दै बेच्दै आएका छन् । तिनैका कारण आज नेपालमा जुत्ता उद्योग धराशायी बन्न पुगेको विश्लेषण समेत गरिएको छ ।

गत आर्थिक वर्षमा जुत्ता–चप्पल आयातमा भारीमात्रामा बृद्धि भएको थियो । तर विश्वमा कोरोनाको सक्रमणका कारण उत्पादन बन्द भयो तर, सोही बहनामा उद्योगीहरुले जुत्ता–चप्पलको मागलाई ‘चोरीपैठारी’ कै माध्यामबाट पुरा गर्न थालेको आरोप लागेको छ । यसरी चोरीपैठारीबाट ल्याएको सामानलाई स्वदेशी उत्पादनको नाममा आप्mनो मुल्यमा बृद्धि गर्न पाएपछि अहिले अधिकाशं उद्योगीहरु चोरीपैठारीकै सामान गोदाम गर्दै बाह्रमासे मेला लगाएर बिक्री गर्दै आएका छन् ।

सरकारले आयात रोकेको समयमा समेत ठूलो मात्रामा स्वदेशी उद्योगीले नै भन्सार छलेर जुत्ता–चप्पल ल्याइरहेको रेकर्ड रहेको भेटिएको छ । दैनिक एक लाख जोरभन्दा बढी जुत्ता–चप्पल चोरीपैठारीबाट नेपाल भित्रने गरेको बताइएको छ । अनुगमनमा क्रममा जुत्ता–चप्पल अवैध ल्याएको फेला परेपछि अधिकाशं उद्योगीहरु कारबाही हुनबाट जोगाउन शक्ति केन्द्र समेत धाउदै आएका छन् ।

भने बाह्रमासे मेलाको औपचारीक उद्घाटन गर्न समेत राष्ट्रपतिदेखि सचिबसम्मलाई प्रमुख अथिति बनाएर उपभोक्ताको आँखामा छारो हाल्दै आएका छन् । चोरीपैठारी देखि विदेशबाट ल्याएको जुत्ताचप्पलको सोल टास्न समेत नेपाली उद्योगीहरुले नेपालीलाई भन्दा पनि भारतीय नागरिकलाई राखेर काम गर्दै आएका छन् । नेपालको जुत्ता–चप्पल उद्योगमा ६० प्रतिशत भारतीय कामदार रहेका छन् ।

दक्ष जनशक्तिको अभावको बहना देखाउदै भारतीय नागरिक कामदार राखेर अबैधधन्दा समेत चलाउदै आएको आरोप लागेको छ । सरकारले हरेक वर्ष नारा बनाउँछ, ‘स्वदेशी वस्तु उत्पादन गरौं, समृद्धितर्फ अघि बढौं ।’ यही नाराको हुँकार गरेर स्वदेशी उद्योग सञ्चालकहरुले भने चोरीपैठारी गरि नेपाल भित्राएका कमजोर जुत्ताचप्पल बिक्री गर्दै आएको समेत भेटिएको छ ।

अहिले बजारमा नक्कली ब्रान्डका जुत्ता छ्याछ्याप्ती रहेका छन् । जुन जुत्ताचप्पलाई उद्योगीहरुले स्वदेशी उत्पालनको नाममा बिक्री गर्दै आएको छन् । जुत्ता बनाउन चाहिने प्रमुख कुरो सोल हो । सामान्यतः सोल पोलियुरिथ्रिन (पीयू), थर्मा पोलिरबर (टीपीआर), पोलिभिनाइल क्लोराइड (पीभीसी), रबर लगायतबाट बन्छ ।

रबर र पीभीसी सोल उत्पादन गर्ने धेरै उद्योग नेपालमै रहेपनि ति उद्योगका सामान नेपाली जुत्ता उद्योगका सञ्चालकले प्रयोग गर्ने गरेका छैनन । जुत्ता टाँस्ने रसायन विदेशबाट झिकाइन्छ । जुत्ता उत्पादन गर्न फेभिकोल, डेन्ड्राइट, बोस्टिकजस्ता रसायनको प्रयोग हुन्छ । जुत्ता मोटो र नरम बनाउन प्रयोग गरिने फोम, सोल भाँचिन नदिन प्रयोग गरिने फलामे पाता, धागो, इलास्टिक, जालीलगायतमा अहिले पनि विदेशबाटै आयात गरिने गरेको छ ।

पछिल्लो समयमा यिनै बस्तुको कच्चा पदार्थको नाममा न्यून भन्सार मुल्याङन गरेर अर्ध तयारी जुत्ता नेपालमा भित्राउने गरेका छन् ।अहिले जुत्ता उत्पादनका लागि प्रयोग हुने कपडालगायत सम्पूर्ण कच्चा पदार्थ उद्योगको नाममा आयात गर्दा भन्सार महसुल १५ प्रतिशत लाग्ने गरेको छ ।

यसलाई घटाएर दुई प्रतिशत बनाउन दवाव दिदै आएका छन् । अर्धतयारी कच्चा पदार्थ प्रयोग गरेर सञ्चालनमा रहेका उद्योगहरुका कारण स्वदेशी उत्पादन गर्दै आएका उद्योग भने अहिले अकिकाशं बन्द भएका स्वदेशी उत्पादन गर्दै आएका उद्योग भने अहिले अकिकाशं बन्द भएका छन् ।

व्यापारीहरुले चीन र भारतबाट अपर र सोलको आयात गरि रहेका छन् । यसमा सरकार सचेत नभएका कारण यिनै कच्चा पदार्थको नाममा अर्धतयारी जुत्ता नेपाल भित्राईदै आएको छ । तयारी वस्तु, अर्धतयारी कच्चा पदार्थलगायतका सामग्री भारत, सिंगापुर, मलेसिया, ताइवानबाट आयात गरिने गरेको छ ।

उद्योगले कच्चा पदार्थ आयात गर्दा लिइने भन्सार महसुल १५ प्रतिशतबाट घटाएर दुई प्रतिशत बनाउनु पर्ने अर्को माग समेत गरिदै आएको छ । जुत्ताको पूर्ण तयारी अप्पर प्रतिजोरको दुई सय ५० र सोल प्रतिजोर एक सय ५० रुपैयाँ भन्सार बनाउनु पर्ने पनि माग गरेका छन् ।

र यो पनि अध्ययन गर्न छुटुयो की ?

जुत्ताचप्पल गैरकानुनी मेला : मेड इन चाईनाको जुत्तालाई नेपाली उत्पादनको प्रचार(भिडियो सहित)

राजस्व छली रोकिएन : कर्मचारी र व्यापारीकै ‘सेटिङ’ मा १७ रुपैयाँमा जुत्ताचप्पलको आयात

भृकुटीमण्डप जुत्ता मेलामा ठगी : सरकारी निकाय मौन वारेण्टीमै किचलो, भ्याट छली

भृकुटीमण्डप बन्यो कर चुहावटको केन्द्र : मेलाको नाममा दैनिक करोडको छली

ब्राण्डेड जुत्ताचप्पल आयातकर्ताबाट करोडौ रुपैयाँ राजस्व छली : सरकारले गर्न सकेन कारबाही (भिडियो साभार प्राइम टाइम टेलिभिजन )

जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री

जुत्ताचप्पल मेलामा विदेशी स्टिकर स्वदेशी उत्पादनको हुँकार

भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा अबैध व्यापार

जुत्ताचप्पल मेलामा नेपाली उत्पादन भन्दै विदेशका कमसल चप्पलको बिक्री

भृकुटीमण्डप मेलामा गुणस्तहिन जुत्ताचप्पलः सरकारी निकाय मौन, उपभोक्ता ठगीमा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!