आयातमा नगद मार्जिनको व्यवस्था हटेपछि अर्थतन्त्रको चलायमान हुन्छ : चेम्बर

- January 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले देशमा रहेको आयातमा नगद मार्जिनको व्यवस्था हटाएसंगै देशको अर्थतन्त्रमा चलायमान सुरु भएको जनाएको छ । राष्ट्र बैंकले एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटापछि अबका दिनमा अर्थतन्त्र चलायमान हुनेमा चेम्बरले विश्वास लिएको जनाएको छ ।

चेम्बरले अर्थतन्त्र अबको बाटो बिषयक अन्तरकृया कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष निजी क्षेत्रका बिद्यमान समस्या र सुझावबारे चेम्वरले सुझाव प्रस्तुत गर्दा सो कुरालाई समेत समेटेको थियो । सोको लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्स आभार व्यक्त गरेकोे छ ।

यसका साथै राष्ट्र बैंकले “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असार सम्म पुर्याइएकोमा चेम्वरले स्वागत गरेको छ । चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गरिन र डवल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्वरले आग्रह गरेको छ ।

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा लिएको चेम्बरले जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशत देखि ९५ प्रतिशत रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि चेम्बरले ध्यानाकर्षण गराएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!